लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हराएका १७ मोबाइल प्रहरीले भेटाएपछि

IMG

तिलोत्तमा सिटी,२३ कार्तिक २०७८। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हराएका मोबाइलहरु फेला पारी सम्बन्धित धनिहरुलाई बुझाएको छ । विभिन्न मितिमा हराएका १७ वटा मोबाइल फेला पारी मँगलबार सम्बन्धित धनिहरुलाई बोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।मोबाइलको आएमईआई नम्बरको आधारमा अनुसन्धान गरी सीमकार्ड राखी प्रयोग गरिएकै अवस्थामा बरामद गरीएको थियो । मोबाइल हराएका व्यक्तिहरुले प्रहरी कार्यालयमा आएमईआई नम्बरसहित उजुरी गरेको अवस्थामा उक्त मोबाइलको लोकेश पत्ता लगाई फेला पार्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्