
तिलोत्तमा सिटी,१७ कार्तिक २०७८। अहिले तिहार मनाउन बुटवल हुदै या भैरहवा हुदै आउनेहरुले तिलोत्तमा पसेको अनुभूति झर्लक्क उज्यालो चमक सडक र सफा सौन्दर्यले थाहा पाउछन,आहा हामी तिलोत्तमा आइयो है भनेर। तिहारको शोभा नै हो झिलिमिली , त्यसो त एक दिन अघि नगरको प्रसशाकिया भवन नै सिंगारेर देउसी परम्परागत भैलो कार्यक्रम समेत गर्यो। संस्कृति भाषा भेष र चाडपर्वको रहनसहन जोगाउन भन्दै तिलोत्तमा नगरले गरेको संस्कृति जोगाउने अभियान बास्तवमै हेर्न लायक छ। जोगिकुटी देखि कोटिहवाको क्षेत्रमा मुख्य सडकको सबै पोल हरुमा उज्यालो बत्ति र झिलिमिलीले सबैको ध्यान यतिबेला तिलोत्तमा तिर तानेको छ।
हाम्रो धार्मिक मान्यता नै छ, तिहारमा घर चिरिच्याँट्ट भएन भने लक्ष्मीको आगमन नहुने तर जे भए पनि वर्षदिनमा एक पटक घरलाई फूलमालाले सजाउने, दियोबत्तीले धपक्क बाल्ने, सुगन्धित धूपले मगमगाउने चलन छ । सोहि अनूरुप रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने यस वर्ष नगर नै झलमल्ल गराउने भएको छ । विभिन्न नमूना कार्य र सडक सौन्दर्यका कारण चर्चा बटुलेको नगर भित्रको मुख्य सडक उज्यालो सडकका रुपमा परिचित छ । उज्यालो पर्वका रुपमा लिइने तिहारमा झनै उज्यालो बनाउन नगरप्रमुख बासुदेव घिमिरे आँफै खटेका छन् । उनले सडकमा लाइट र झ्यालर जडान गर्न निर्देशनसँगै आँफै उपस्थित भएर अवलोकन समेत गरेका छन् । उनले नगरलाई स्वच्छ र सुन्दर बनाउने अभियान निरन्तर रहेको बताउँदै तिहारको लागि विशेष उज्यालो योजना कार्यक्रम ल्याएको जनाए । कोभिड १९ को कारण सुस्ताएको शिक्षा ,पर्यटन, यातायात लगाएतको आर्थिक क्षेत्र लाई सबै मिलि गति प्रदान गर्दै तिहारलाई रमाइलो गर्दै मनाउन नगरप्रमुख बासुदेव घिमिरेले आग्रह समेत गर्नुभएको छ।
‘समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ नारा लिएको तिलोत्तमा नगरपालिकाले नगरपालिका क्षेत्र भित्रको मुख्य सडकका पोलमा आर्कषक बत्ति र झ्यालर राख्ने काम सुरु गरेको छ । सहरी सौन्दर्यकरण अन्तर्गत नगरपालिकाको वार्षिक योजनाअनुसार नगर क्षेत्र भित्र पर्ने सिद्धार्थ राजमार्गको कोटिहवादेखि योगिकोटिसम्मका ३४० वटा सडकमा रहेका पोलमा आकर्षण बत्ति र झ्यालर राख्न लागिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । सडकमा राखिएका बत्ति र झ्यालर विभिन्न रङ र आकारका हुने उनले बताए ।
‘शहरी सैन्दर्यकरण अन्र्तगत नगरपालिकाको वार्षिक योजना अनुसार दिपावलीमा नगरको मुख्य सडकमा बत्ति र झ्यालर राखेर नगरपालिकालाई थप आकर्षक र सुन्दर बनाउन लागेका हौँ ।’ नगरपालिकाको सुन्दरता, आकर्षण हुनाका साथै सबै नगरबासिमा समेत खुसियाली आउने छ ।’ सुरुमा नगर क्षेत्र भित्र पर्ने सडकका पोलमा अल्टरनेटिभ रुपमा बत्ति र झ्यालर राख्ने तयारी भए पनि दिपावलीमा नगरपालिकालाई आकर्षक बनाउनका लागि ३४० वटा पोल र नगरका मुख्य चोकको दायाँ–बाँया समेत बत्ति र झ्यालर राख्न लागिएको बताए ।
नगरका मुख्य सडक र मुख्य चोकको दायाँ बाँया आकर्षक बत्ति र झ्यालर राख्दा करिब ५ लाख लागत लाग्ने नगरपालिकाले जनाएको छ । अहिले सबै काम सम्पन्न भइसकेको नभएता पनि भ्याट बाहेक कूल ४ लाख ८७ हजार लागत लाग्ने नगरपालिकाका प्रवक्ता श्रीले बताए । ‘अहिले नै सबै काम पूरा भएको त छैन् ।’ उनले भने ‘नगरको मुख्य सडकका सबै पोल र नगर भित्रका मुख्य सडकको दायाँ–बाँया आकर्षक बत्ति र झ्यालर राख्दा सो बराबरको लागत लाग्छ ।’
त्यसो त केहिदिन अगाडी मात्र नगरपालिकाको प्रशासनिक भवननै सिंगारेर संस्कृति जोगाउने अभियान अन्तर्गत परम्परागत देउसी भैलो कार्यक्रम समेत सम्पन्नभएको छ। निर्देशक मनिष पन्थका अनुसार सो देउसी भैलो कार्यक्रम एउटा देउसी भैलो गीतमा समेत समाबेश गरिने बताएका छन्। सबै किसिमले सुन्दर बन्दै गैरहेको तिलोत्तमा नगरले पछिल्लो समय पर्यटन प्रबर्धन र संस्कृति जोगाउने अभियानको तिलोत्तमा नगरबासी मात्र नभएर बाहिर बाट आवतजावत गर्ने व्यक्ति हरुले समेत तारिफ गरेका छन्। अहिले तिलोत्तमा नगरको मुख्य सडकको तस्बीर खिच्ने, सेल्फी लिने र टिक टक भिडियो बनाउनेको समेत लर्को लागेको छ।
कमेन्ट गर्नुहोस्