
तिलोत्तमा सिटी,१७ कार्तिक २०७८। सबै वडामा आधारभूत स्तरको सरकारी स्वास्थ्य संस्था पुगेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ती स्वास्थ्य संस्थाका सुविधा सम्पन्न आफ्नै भवन पनि तीव्र रुपमा निर्माण भैरहेका छन् । सोहि क्रममा वडा नं. ४ मा निर्माण भएको सहरी स्वास्थ्य केन्द्र भवनको बुधबार नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले स्वास्थ्य क्षेत्रमा जनप्रतिनिधि भएर आएपछि धेरै नै परिबर्तन भएको र आम नागरिकले त्यसको भरपुर प्रयोग गर्नु पर्ने बताउनु भयो। उहाले कुनै मेडिकल भन्दा कमि नभएको स्वास्थ्य केन्द्रहरु तिलोत्तमामा रहेकोले निसंकोच बिरामी पर्दा उपचारका लागि डाक्टरको निगरानीमा आउन आग्रह समेत गर्नुभयो। त्यस्तै सो अवसरमा बोल्दै नगर उप प्रमुख जागेश्वर देवी चौधरीले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुर्याउन तिलोत्तमा नगरले गरेको प्रयासमा हातेमालो गरिने सबै प्रति धन्यबाद ब्यक्त गर्दै सेवा सुचारु भएका स्वास्थ्य केन्द्रमा उपचार र स्वास्थ्य सेवाका लागि लाभ लिन सबै नगर बासीहरुमा आग्रह गर्नुभयो।
तिलोत्तमा-४ ड्राइभर टोल देखि पश्चिम बिश्नुपुरमा समुद्घाटन गरिएको सो स्वास्थ्य केन्द्रको अध्यक्षता ग्रहण गरेका वडा अध्यक्ष दिवाकर ढकालले जनप्रतिनिधि भएर आउदा गरेको धेरै जसो घोषणा पत्रका बिकाश निर्माण र नीति निर्माण सम्पन्न गर्न सफल बनाउदै जनताको सेवामा आफुहरुलाई समर्पित गर्न पाउदा अत्यन्तै खुसि लागेको बताउनुभयो।
कमेन्ट गर्नुहोस्