लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा कार दुर्घटना, कोटिहवाको बुद्धमूर्ति फुट्यो

IMG

तिलोत्तमा सिटी,१५ कार्तिक २०७८। रुपन्देहीको तिलोत्तमामा कार अनियन्त्रित भई बुद्धको मूर्तिमा ठोक्किएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा १५ च ८५३७ नम्बरको कार सोमबार बिहान तिलोत्तमा नगरपालिका-१५ कोटिहवामा अनियन्त्रित भई डिभाइडरमा चढेर बुद्धको मूर्तिमा समेत ठोक्किन पुगेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनाबाट बुद्धमूर्ति क्षत–विक्षत भएको छ भने कारमा पनि क्षति पुगेको छ । दुर्घटनामा परी कारका चालक ओमसतिया गाउँपालिका-१ का ४३ वर्षीय प्रकाश बुढाथोकी घाइते भएका छन् । बुढाथोकीको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुढाथोकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्