
तिलोत्तमा सिटी,१३ कार्तिक २०७८। तिलोत्तमा नगरपालिकाको अध्ययन अवलोकन भ्रमणमा आएका पूर्वी जिल्लाका पालिका प्रमुख उपप्रमुख अध्यक्ष तथा उपाध्यक्षलाई तिलोत्तमा नगरपालिकाले स्वागत गरेको छ। बाग्मती प्रदेशका विभिन्न जिल्ला समन्वय समिति, महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष सम्मिलित अध्ययन भ्रमण टोलीले तिलोत्तमा नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गरी यहाँ भएका असल अभ्यास, विकास मोडललगायतका विविध विषयमा जानकारी लिएको हो ।
शनिबार बिहान भरतपुर महानगरपालिका उप–प्रमुख पार्वती शाह नेतृत्वको भ्रमण टोलीलाई तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकामा स्वागत गर्नुको साथैं नगरमा भएको असल अभ्यासको रुपमा शिक्षा, स्वास्थ्य, कृषि, सहरी सौन्दर्य, पूर्वाधार, सुशासन, सेवा प्रवाह, जनसहभागिता, राजस्व परिचालन लगायतको क्षेत्रको साथैं कार्यान्वयनको रुपमा रहेका विभिन्न प्रबधानात्मक अभियानहरुको बारेमा जानकारी गराउनु भएको छ ।
नेपालमै उत्कृस्ट बनेको तिलोत्तमा नगरको पछिल्लो गतिबिधि र समग्र नगरको अबलोकन गर्न आएको टोलिले नगरका असल आभासका मुक्तकंठाले प्रशंशा गरेका थिए। सो अवसरमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले नगरपालिकाको समग्र असल अभ्यास र बिकाश निर्माण तथा प्रसासनिक सुशासनका बिषयमा प्रगति बिबरण समेत पेश गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्