
रिस उठ्दा कराउनको लागि, तिमि चाहिन्छ ।
गार्हो पर्दा सघाउनका लागि, तिमि चाहिन्छ ।
सधै रोई बस्न सक्दिन प्रिय ।
आशु पुछिदिन तिमि चाहिन्छ ।।
सम्बन्धलाई प्रगाढ बनाउन ,तिमि चाहिन्छ ।
भावनाका कुरा गर्न , तिमि चाहिन्छ ।
अधेरी रात एक्लै बिताउन सक्दिन प्रिय ।
जुनलाई पनि त ताराको, साथ चाहिन्छ ।।
मेरा खुशिमा हासिदिन, तिमि चाहिन्छ ।
मेरा दु:खमा रोईदिन , तिमि चाहिन्छ ।
सबै बोझ एक्लै उठाउन सक्दिन प्रिय ।
भारि बिसाउने चौतारीमा तिमि चाहिन्छ ।।
मन बरालिदा सम्हालिदिन , तिमि चाहिन्छ ।
बाटो भुले मार्ग दर्शन मा , तिमि चाहिन्छ ।
एक्लै डोरी गासिदैन प्रिय ।
मनको डोरी गास्न तिमि चाहिन्छ ।।
शिशिर पाण्डे, तिलोत्तमा रुपन्देही
तिलोत्तमा सिटी,१२ कार्तिक २०७८।
कमेन्ट गर्नुहोस्