
तिलोत्तमा सिटी,११ कार्तिक २०७८। चारदिन अघि कार्तिक ७ गते राती ८ बजे बाटो काट्ने क्रममा तिलोत्तमाको मंगलापुर बोधी भिल्ला जेब्राक्रसिंगमा ६५ बर्षिय राम उदिप पासवानलाई एक मोटरसाइकलले ठक्कर दियो। दुर्घटनामा होस् गुमाएका पासवानको खुट्टाको हड्डी भाचियो र टाउकोमा समेत गम्भीर चोट लाग्यो।हतार-हतार आफन्तले नजिकको क्रिमसन अस्पताल लगे।दुबैपक्षबिचको सहमतिमा उपचार शुरू भयो, ४ दिनको उपचारपछि क्रिमसन अस्पतालका डक्टरले बिरामीको अप्रेशन गर्नुपर्ने बताउदै रगतको जोरजाम गर्न आफन्तलाई भने। रगत रिपोर्टमा ए-नेगेटिभ रगत देखाएर सो रगत खोज्न जादा पासवानका छोरा बसन्त पासवानले कहिँ पाएनन। बल्ल-तल्ल रगत डोनरलाइ खोजेर रगत अस्पतालसम्म ल्याएपछि डाक्टरले भन्दिए ,तपाइको बिरामीलाई चाहिने रगत यो होइन , बि-पोजिटिभ हो। बि पोजिटिभ रगत ल्याउनुस तर यो अपरेशन यहा सम्भव छैन,मेसिन त्यहि प्रकारको छैन,बाहिर लैजानुपर्छ, अन्यत्रै जोरजाम गर्नुस।
त्यसपछि अस्पताल र बिरामीको आफन्त बीच केहि भनाभन पनि भयो अन्तत: अस्पतालले बिरामी लैजान र यहाँ उपचार सम्भव नहुने जानकारी गरायो। सबै तरहले तयारी पुरा भएको सो अपरेशनका लागि तयार रहेको अस्पताल एकाएक बिरामीको स्थान्नतरण गर्न गरेको हतारले बिरामीको आफन्तमा निराशा पैदा गर्यो। हामी माथि खेलबाड भयो, बुवा(बिरामी)मर्नु न बाच्नुको अवस्थामा हुनुहुन्छ, यो समयमा सफल उपचार हुनेमा हामी ढुक्क थियौ तर अहिले अस्पतालले गरेको ब्यबहारले हामीमा निराशा छाएको छ।" भावुक हुदै छोरा बसन्तले भने। अहिलेसम्म १ लाखभन्दा बढी खर्च भैसक्यो, अब त स्वास्थ्यमा सुधार हुन्छ भन्ने आशालाई अस्पतालको गलत रिपोर्ट र ब्यबहारले निराशा बनायो"- बसन्तले दु:ख ब्यक्त गर्दै भने।
यता अस्पतालले भने बिरामीको आफन्तका आफ्नै कारणले बिरामीलाई स्थान्नतरण गर्न सुझाव दिइएको भनाइ राखेको छ। अस्पताल प्रसासनका अनुसार बिरामीको रगत रिपोर्ट गलत आएको कुराबारे जानकारी नभएको र अपरेशनका लागि त्यो खालको सामग्री मेसिन नभएका कारण अस्पतालबाट स्थानान्तरण गर्न सुझाव दीइएको बताएको छ। प्रसासनले बिरामीका आफन्तले गरेको गुनासो प्रति सत्यता नभएको र अस्पतालले बिरामी निको बनाउने कार्यमा अगाडी बढिरहेको बताएको छ।
बिरामीको आफन्तले भने आफ्नो आर्थिक कारण देखाएर अस्पतालले बिरामी उम्काउन खोजेको आरोप लगाएका छन। अघिल्लो दिन रगत अभाव छ ल्याउनु रगत पाएपछि अपरेशन शुरु हुन्छ भनेको अस्पतालले अहिले अपरेशन गर्न नसक्ने भएपछी अस्पताल प्रति आशा मरेको छोरा बसन्त पासवानले बताए। अन्तत: क्रिमसन अस्पतालले अपरेसन नगर्ने निश्चित भएपछी लुम्बिनी प्रादेशिक अस्पतालमा आफन्तले हार-गुहार गरेका छन्। प्रादेशिक अस्पतालमा समेत बेड खाली नभएकोले शुक्रबार एक बेडखालि हुनसक्ने भन्दै आफन्त थप उपचार क्रिमसनमै गराइरहेका छन्। दुर्घटनामा परेका ति बिरामीको अवस्था अहिले पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्