
तिलोत्तमा सिटी,७ कार्तिक २०७८। पत्रकार गिरिराज बाँस्कोटाद्वारा लिखित ढुंगाको प्रेमु कविता संग्रह लोकार्पण भएको छ । आइतबार पाँचथर सदरमुकाम फिदिममा एक कार्यक्रम आयोजना गरी संग्रह लोकार्पण गरिएको हो ।बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुन् ।शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले लोकार्पण गरे। केन्जो खबरडटकमले अयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन् ।कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उप–प्रमुख लक्ष्मी ढुंगानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको बताए।
हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाइ छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले साहित्य लागि योगदानसहित कवितामार्फत महत्वपूर्ण विषय उठान गरिएको बताए ।कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यक रचना पाठ गरेका थिए ।
कमेन्ट गर्नुहोस्