
तिलोत्तमा सिटी,६ कार्तिक २०७८। तिलोत्तमा साहित्य कला सगीत प्रतिष्ठानको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले डा.मुरारी पराजुली अध्यक्ष रहेको समिती गठन गरेको छ ।तिष्ठानको उपाध्यक्षमा गोबिन्द चौधरी (कलाबाट),सुरेश सेन्चुरी(संगीतबाट) र कविराज पौडेल (साहित्यबाट) रहेका छन् ।त्यस्तै महासचिवमा लीलाधर पाण्डेय,सचिवमा तिलक नेपाली,सह-सचिव शारदा पंगेनी,कोषाध्यक्षमा तेजप्रसाद पाण्डेय चयन भएका छन् । प्रतिष्ठानको सदस्यहरुमा रमेश समर्थन,मोहन मरासिनी,ओम ज्ञवाली,मेनुका नेपाल,गंगाधर आचार्य,चन्द्रकान्त डुम्रे,रेनुका भट्टराई,ढालानन्द चालिसे र कृष्ण भट्टराई रहेका छन् ।कार्यक्रममा प्रमुख सल्लाहकार ऋषिराम भुसाल,सल्लाहकारद्वय खगेन्द्र बश्याल,एच।बि।रम्तेल,बुद्ध टेलिभिजनका अध्यक्ष ओम ज्ञवाली लगायतले मन्तब्य राखेका थिए ।
कमेन्ट गर्नुहोस्