
तिलोत्तमा सिटी,२७ असोज २०७८। सुरेन्द्र अस्तफलको नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’ को लोर्कापण भएको छ। चितवनमा बसेर साहित्य सृजना गरिरहेका अस्तफलको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा कवितासङ्ग्रहको लोकार्पण गरिएको हो ।अस्तफलका यस अगाडि शब्दहरू ‘अविराम यात्रामा’, ‘आमा’, ‘बिम्बशिविर’ र ‘हिउँको आरोहण’ कृति प्रकाशित भइसकेका छन्।शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत रहेका छन् ।
कवितासङ्ग्रह ‘तेल भिसा’ युगबोध, जीवनबोध एवम् जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसङ्गतिबोध र प्रणयचेतको अभिव्यक्ति पाइन्छ ।कवि तथा समालोचक महेश पौड्याल र समालोचक ज्ञानु अधिकारीले कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । टिप्पणी गर्ने क्रममा महेश पौड्यालले भने, ‘ कवितामा पुस्तान्तरनको बजोड प्रस्तुति रहेको छ । कविसँग भएको आलोचनात्मक चेतको प्रयोग भएको भेटिन्छ । ’कवितासङ्ग्रहबाट कवि निरज दाहाल र मञ्जिल अनिलले एक एक वटा कविता वाचन गरेका थिए ।शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ ।
कमेन्ट गर्नुहोस्