लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आणविक अस्त्र निषेधको मागमा प्रदर्शन

IMG

तिलोत्तमा सिटी,५ असोज २०७८। मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर समाजले मंगलबार बुटवलको राजमार्ग चौराहा चोकमा प्रदर्शन गरेको हो । ‘आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर’ भन्ने ब्यानर र प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराउन समाजले एक घण्टा प्रदर्शन गरेको शान्ति समाजका रूपन्देही सभापति डीपी खनालले बताए ।प्रदर्शनपछिको कोणसभामा पत्रकार डा. बालकृष्ण चापागाईं, समाजकी केन्द्रीय सचिव मीना ढकाल लगायतले बोल्दै आणविक अस्त्र निषेधविना विश्वमा दिगो शान्ति स्थापना हुन नसक्ने बताए । उनीहरुले सरकारले आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्