लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संरक्षणको पर्खाइमा तिलोत्तमाको चिल्हियामा रहेको नन्द-भाउजु ताल

IMG

तिलोत्तमा सिटी, २६ भदौ २०७८। नेपालमै उत्कृस्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका चिल्हियामा रहेको नन्द भाउजु ताल अहिले संरक्षणको पर्खाइमा छ। सिमसार क्षेत्रमा रहेको सो तालको बाहिरि आवरण भन्दा भित्रि सुन्दरताले जो कोहीको मन लोभ्याउछ।  तिलोत्तमा नगरको बाउन्न कोटी मन्दिर परिसर नजिकै रहेको सो ताल आन्तरिक तथा बाहय पर्यटकका लागि मनोरम ताल हुने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे बताउछन। शुक्रबार मात्रै तालको निरिक्षण गरेका नगरप्रमुख घिमिरेले सो ताललाई मनोरम देखाउन र त्यसको संरक्षणगर्न सबै एकजूट  भएर लाग्नु पर्ने समेत बताउनु भयो । 


प्रसिद्ध पर्यटकीय नगरी एवं साँस्कृतिक स्थल संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको नन्दभाउजु तालको चारैतिर अहिले वाल  लगाइएको छ भने  तिलोत्तमा नगरका अन्य पर्यटकिय क्षेत्र संगै यस तालको गरिमा पनि उच्च रहने नगर प्रमुख घिमिरेको भनाई छ। कुनै समयमा कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने गथ्र्यो यो तालले । सो तालको अहिले उचित संरक्षण नहुँदा संरक्षणको पर्खाइमा रहेको हो । ताल क्षेत्रमा घुम्नका लागि बुटवल बजार सहित गुल्मी पाल्पा अर्घाखाची कपिलबस्तु र नवलपरासी बाट समेत मानिस आउने गर्ने स्थानिय कृषक पन्निलाल केवट बताउछन। तर, तालको संरक्षण तथा पूर्वाधार कमजोर रहेको भन्दै यसलाई पर्यटकीय रुपमा विकास गर्नुुपर्ने सुझाव दिएर फर्केने गरेका छन् ताल हेर्न पुग्नेहरु ।




करीब एक बिघा क्षेत्रफलमा ताल रहे पनि अहिले त्यो साँघुरो हुनुका साथै धेरै भाग पुरिँदै गएको छ भने विभिन्न अनावश्यक झारले समेत ढाकेको छ । पहिले साढे पाँच फिट गहिरो रहेको सो ताल अहिले केहि गहिरो मात्र छ । केहि बर्ष पहिले निर्माण गरिएको सो ऎतिहासिक नन्दभाउजु तालको संरक्षण पहिले स्थानीयले गर्दै आएका थिए तर अहिले सो ताल संरक्षणको पर्खाइमा छ। बजेट अभावका कारण ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिएको छैन।


तालको संरक्षण गर्न सबैले लागि पर्नुपर्ने तिलोत्तमा नगरपालिका–१४ का वडा अध्यक्ष सोहन प्रसाद थारुले तालको उचित संरक्षण गरी यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताउछन् । उनी भन्छन्, तिलोत्तमा यस्तो ताल कहीँ छैन, यसको संरक्षण तथा पूर्वाधार निर्माण गर्ने सके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’ उनी थपछन्, ‘यति पुरानो पोखरीको गाउँलेले संरक्षण गरेर राखेका छौँ तर आवश्यक संरक्षण र प्रबर्धन गर्न  खासै पहल भएको छैन।’ सो नन्द भाउजु ताल तिलोत्तमा नगरपालिका पथ्थरडाडाबाट ४ किलोमिटर पश्चिममा पर्ने चिल्हिया गाउँ नजिकै बाउन्नकोटी बन तथा बाउन्नकोटी मन्दिर परिसर नजिक पर्दछ । यो ताल तिलोत्तमा, सियारी र ओम सतियाको बाउन्न कोटी वनवाटीका अन्तरगत ऐतिहासिक नन्द भाउजू ताल हो । हाल यसको जिणोद्धार र स्तरउन्नति गरी आकर्षक बनाईएको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा सुचिकृत यो स्थलको वृहत्तर विकासको लागि सबै पक्षको ध्यान जान जरुरी छ । 

कमेन्ट गर्नुहोस्