लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स क्लब अफ शंकरनगरद्वारा बाढीपीडितलाई राहत बितरण

IMG

तिलोत्तमा सिटी,१४ भाद्र २०७८,सोमबार। देश व्यापीरुपमा भैरहेकाे बर्षाकारण धेरै ठाउँमा ठुलाे जनधनकाे क्षती भएका १० घर परिवारलाई लायन्स क्लब अफ शंकरनगरले राहत प्रदान गरेको छ। ओमसतिया गाउँ पालिका वडा नं १ मा वसाेवास गर्ने अति विपन्न परिवारमा यस पटककाे बाढीले घरवार विहिन भएका परिवारलाई लायन्स क्लब अफ शंकरनगरले प्रति परिवार १ बाेरा चामल दाल तेल र नुन गरि प्रति परिवार रु दुई हजार पांच सय वरावरकाे सहयाेग १० घर परिवारलाई हस्तान्तरण गरिएकाे छ। 



ओमसतिया गाउँपालिका १ का वडाध्यक्ष बेल बहादुर बराल मगरकाे प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष प्रकाश आत्रेयकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जाेन चियर पर्सन मुकुन्द ज्ञवालीले मानविय सेवामा लायन्स क्लबले पुराउदै आएकाे याेगदान र सामाजिक क्षेत्र गरिरहेका गतिविधिकाे बारेमा जानकारी गराउनुभएकाे थियाे । राहत वितरणमा समन्वय गरिदिने पत्रकार सरु रानाले अति समस्यामा परेका परिवारलाई सहयाेगको हात बढाएकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो। 


प्रमुख अतिथि बेल बहादुर बराल मगरले राहतको लागि सहयाेग पुराउनु भएकाेमा लायन्स क्लब शंकरनगरलाई धन्यवाद दिदै आगामि दिनमा पनि सहयाेगलाई निरन्तरता दिन आग्रह गर्नुभएकाे थियाे । क्लबका अध्यक्ष आत्रेयले सबै सदस्यहरुले केही रकमहरु उठाएर याे राहत वितरण गरिएको र आगामी दिनमा सामाजिक सेवा र मानविय सेवामा निरन्तर लागि पर्ने बताउनुभयो। उहाले कार्यक्रम समन्वय गरिदिनुहुने सरु राना, र  प्रमुख अतिथिको रुपमा उपस्थित वडा अध्यक्ष बेल बहादुर बराल मगर र कार्यक्रम संयाेजकलाई धन्यवाद समेत दिनुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्