
तिलोत्तमा सिटी,१४ भाद्र २०७८,सोमबार। बुटवलमा आइतबार बिहानदेखि पहिरो अझै रोकिएको छैन । सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले बुटवलका थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन् । निरन्तरको वर्षाका कारण जोखिम न्यूनिकरण काम गर्न समेत समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।
कमेन्ट गर्नुहोस्