
तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। जब लिंक सम्बन्धि कार्य गर्ने सस्थाहरुको छाता संगठन रुपन्देही जब लिंक संघको गठन भएको छ। बुटवलमा आयोजित एक कार्यक्रम का बीच सो संघ गठन गरिएको जब लिंक कि संचालक समेत रहेकी आयुषा कंडेलले बताईन। रमेश लम्सालको संयोजकत्वमा बसेको संघको पहिलो भेलाले १२ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको अध्यक्षमा सुवास पाण्डे, उपाध्यक्षमा अविरल तिवारी , सचिब मा आयुष कंडेल, सहसचिवमा आशिका पोख्रेल, कोशध्यक्षमा दिवस खनाल , सह कोशाध्यक्षमा अस्मिता सापकोटा र सदस्यहरुमा दिपक केसी,नारायण पोख्रेल, दिपक लम्साल, सुरज पन्थ सरोज पौडेल, दिपक पराजुली रहेका छन्।
जब लिंक संघ रुपन्देहीले सबै रुपन्देही जिल्ला भरि छरिएर रहेका त्यस्ता ब्यबसायी र सामाजिक सेवालाई अगाडी बढाउने र रोजगार दाता तथा रोजगारीमा सहभागी हुने स्वरोजगारमा भएका युवाको लागि हक हित र संरक्षण गरिने संघका सचिव आयुषा कंडेलले बताइन। संघमा आबद्द भएका हाल सम्म १५ वटा जब लिंक रहेका छन्।
कमेन्ट गर्नुहोस्