लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डुबानमा परेकाको तिलोत्तमा नगरपालिकाद्वारा स्थलगत निरिक्षण

IMG

तिलोत्तमा सिटी,११ भाद्र २०७८, शुक्रबार। गएराति आएको अविरल वर्षापछि तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा आएको बाढी तथा डुबानको कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरी, विपद् व्यवस्थापन समिति संयोजक सुरेन्द्र श्री, वडाध्यक्षहरु चेतनारायण भण्डारी , कृष्ण पौडेल ,  राजनीतिक दलका नेताहरु यज्ञ गैरे , हरिलाल पाण्डे ,प्रेस  सल्लाहकार बिपि गौतम सम्मिलित टोलीले स्थलगत निरीक्षण गरेको छ । 


बाढी तथा डुबानको कारण कयौं घरहरु प्रभावित हुनुको साथैं केही भत्किएका छन् भने अनुगमनको क्रममा घर भत्किएकाहरुलाई तत्कालको लागि वैकल्पिक  स्थानमा राख्ने व्यवस्था मिलाउन वडा कार्यालय तथा टोल विकास संस्थाहरुलाई नगरपालिकाले आग्रह गरेको छ। बाढी र डुबानले उद्योग तथा व्यवसाय पनि प्रभावित भएको छ भने नगरभित्र बाढी तथा डुबानले पुर्याएको क्षतिको सबै लगत संकलन गरी नगरपालिकाको तर्फबाट राहत उपलब्ध गराइनुको साथैं संघीय र प्रदेश सरकारलाई समेत बाढी तथा डुबान प्रभावितलाई राहत उपलब्ध गराउन पहल गरिने कार्यवाहक नगर प्रमुख चौधरीले बताउनुभयो । यस्तै विपद् व्यवस्थापन समिति संयोजक श्रीले वर्षा अझै पनि जारी रहन सक्ने भएकोले सर्तकता अपनाउन सबै नगरबासीलाई अनुरोध गर्दै समस्या आइहालेमा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनलाई खबर गर्न आग्रह गर्नुभएको छ ।


तिलोत्तमाको उत्तरी भन्दा दक्षिणि भाग बढी डुबानले असर पारेको छ।  तिलोत्तमाको शंकरनगर क्षेत्रमा खेत बारी मात्र डुबानमा परेका छन् भने त्यसपछिका दक्षिणि भूभागमा घर ब्यबसाय र बाटो अनि सडक, स्वास्थ्यचौकी, प्रहरी चौकी,वडा कार्यालय , बिद्यालय, कम्पनि उद्योग तथा कलकारखाना समेत डुबानमा परेका छन्। 


कमेन्ट गर्नुहोस्