
तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार। रुपन्देहीको उत्कृस्ट नगरपालिका तिलोत्तमा नगरपालिकामा "सूचना प्रबिधिमा आधारित digital profile तथा online payment system सम्बन्धि अभिमुखिकरण कार्यक्रमको समुद्घाटन गरिएको छ। भाद्र ९ गते देखि २० गते सम्म नगरपालिकाका सबै १७ वटा वडामा संचालन गरिने सो अभिमुखीकरण कार्यक्रममा हरेक टोल बिकाश सस्थाका २ जना प्रतिनिधि र वडाका प्रतिनिधिहरु उपस्थित रहने सुचना प्रबिधि अधिकृत इन्जिनियर सुदिप ढकालले बताए।
वडा नम्बर १ र २ बाट शुरु गरिएको आजको अभिमुखीकरण कार्यक्रममा दुवै वडाका टोल बिकाश सस्थाका ७० जना सहभागी हरुले अनलाइन प्रणालि मार्फत भुक्तानी,सिफारिस र नक्सापासको लागि नगरपालिकाको एप्सको बारेमा जानकारी लिएका थिए। कार्यक्रम वडा नम्बर १ का अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षता तथा वडा सदस्यहरु नेत्र प्रसाद खनाल, नेत्र कुमारी सापकोटा, रुपा बिक, एमआइएस अपरेटर अमित भट्टराई, सुजन कुँवर,मोति न्यौपानेको उपस्थितिमा सम्पन्न भएको थियो।
आधुनिक समयमा प्रबिधिले मान्छेलाई प्रभावित बनाएको र हिजोको भन्दा थप परिस्कृत ,परिमार्जित र प्रभाबकारी सेवाको अपेक्षा आम नगरबासीले गरिरहेको बेला त्यस्तो आवश्यकता पूर्ति गर्ने अपेक्षा अनुरुप अगाडि बढ्दै जनतालाई सेवाको प्रत्याभूति दिलाउन जनप्रतिनिधिहरुको कर्तब्य भएको बताउदै तिलोत्तमा नगरपालिकाको आयोजनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नया प्रबिधिको उपयोग गर्न सबै नगरबासीहरुलाई सुझाउनुभयो। तिलोत्तमा सिटी संग कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले गुणस्तरिय रुपमा सेवा प्रदान गर्ने उदेश्यले डिजिटल प्रोफाइल अनलाइन प्रणालि मार्फत भुक्तानी,सिफारिस र नक्सापासको लागि नगरपालिकाको एप्सलाई अझ व्यवस्थित र मर्यादित बनाईएकोले सबैले सो प्रविधिको उपयोग गरि झन्झटबाट मुक्त हुन सुझाव दिनुभयो।
कमेन्ट गर्नुहोस्