
तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी एवं सदस्यहरुलाई रुपन्देही उद्योग संघले एक समारोहकाबीच सम्मान गरेको छ । रुपन्देही जिल्लालाई कर्मथलो बनाई कलम चलाउँदै आएका नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखा रुपन्देहीको विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको हो ।
समारोहमा बोल्दै संघका अध्यक्ष बाबुराम बोहोराले उद्योग र संचारको नङ र मासु सरहको सम्बन्ध रहने हुँदा एक आपसमा सहकार्य गर्दै औद्योगिक विकासमा अघि बढनु पर्ने बताए। उनले रुपन्देही र समग्र देशकै औद्योगिक एवं आर्थिक विकासका सन्दर्भमा रुपन्देहीका संचारगृह र पत्रकारहरुले खेलेको भूमिका सह्रानीय रहेको बताउदै पत्रकारहरुप्रति आभार व्यक्त गरे।कार्यत्र mममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एवं संघका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक एजाज आलमले खोज, अनुसन्धान र अध्ययनलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्न र औद्योगिक विकासमा सहकार्य गरी अघि बढ्न आग्रह गरे।
कार्यक्रममा संघका पूर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका प्रेस सल्लाहकार दिनेश पाण्डे, उत्कृष्ट ओद्योगिक पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार माधब ढुंगाना लगायतले बोलेका थिए। सम्मान समारोहमा रुपन्देही उद्योग संघद्वारा वि.सं.२०५७ सालमा ५ हजार नगद राशी सहित स्थापना गरिएको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारको बृत्त चित्र समेत प्रस्तुत गरिएको थियो । हाल संघले उक्त पुरस्कार राशी बृद्धि गर्दै ३५ हजार ५ सय ५५ पु¥याएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेलको स्वागत, संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको धन्यवाद ज्ञापन र संघका महासचिव जिवकान्त काफ्लेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्