
तिलोत्तमा सिटी,३२ साउन २०७८,सोमबार। प्रेस संगठन नेपाल, रुपन्देही कमिटीको आज बसेको बैठकले जिल्ला भित्रका १६ स्थानिय तह र प्रमुख शहरमा क्रियाशील पत्रकारहरु समेटेर नया कार्यसमिति चयन गरेको छ। यस अघि जिल्ला सह-संयोजक रहेका कमल रायमाझीको नेतृत्वमा अन्य जिम्मेवारी हेरफेर गरि नयाँ कार्यसमिति सर्बसम्मतले पारित गरेको निबर्तमान सचिब मोहन न्यौपानेले बताउनुभयो।
अध्यक्ष कमल रायमाझीको अध्यक्षता तथा नेकपा माओबादी केन्द्र रुपन्देहीका सचिव निर्मल जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न सो बैठकको निर्णयले रायमाझीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । बुटवलको एभिन्यु होटलमा सम्पन्न सो भेलाले उपाध्यक्षमा तिलोत्तमाकी शारदा शाही ठकुरी, सचिवमा देवदहका बिष्णु पोख्रेल,सहसचिवमा सैनामैनाकी अम्बिका परियार, कोशाध्यक्षमा देवदहका संजय गुरुङ रहेका छन् भने सदस्यहरुमा रिया बस्नेत, शिव चौधरी सचिन, पशुपति यादव, जितेन्द्र चौधरी,कल्पना घिमिरे, भारत नेपालि, बन्दना काफ्ले, रेशम अधिकारी, निर्मल एसपी मगर, धुर्ब लामिछाने, दिपक कलवार, आरति गौतम, जगलाल नेपालि, सुदिप नेपाली (पहाडी) राहुलदेव सापकोटालाई चयन गरेको छ। त्यस्तै भेलाले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। जसमा बिनोद पहाडी, नारायण सापकोटा, यानेन्द्र जिसी, गुरुदत्त ज्ञवाली, मदनलाल पौडेल, प्रेम बस्नेत, बैकुण्ठ पाण्डे सल्लाहकारमा मनोनयन रहेका छन्।
सो कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारको आस्था जहा जसरि रहेपनि जनपक्षिय पत्रकारिता गर्न सुझाउदै प्रेस संगठनका नया हिमायतीहरुले समाजको लागि डटेर हात नकामाइकन पत्रकारिता गर्नुपर्ने जोड दिएका छन्। नयाकार्यसमितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि नेकपा माओबादी केन्द्र रुपन्देहीका सचिव निर्मल जिसीले निडर निश्पक्ष र जनन्यायका लागि कलम चलाउन आग्रहगर्नुभएको छ। उहाँले नेपाली पत्रकारिताको क्षेत्र ससक्त भएकाले प्रविधिमा रहेर जनताको आवाज बोल्नुपर्ने बताउनुभयो। जिसिले जनपत्रकार कृष्ण सेन 'इच्छुक' ले देखाएको बाटोमा पत्रकारहरू लाग्नुपर्ने बताउदै शोषित - उत्पिडित बर्गका समाचार अहिले पनि यथेष्ट मात्रामा मिडियाले कभर गर्न नसकेको र अविचलित भएर सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको बाटोमा अगाडि बढ्न पत्रकारहरूलाई सुझाव दिनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्ब अध्यक्ष, सभासद , तथा नेपाल दलित पत्रकार महासंघ का केन्द्रिय अध्यक्ष बिनोद पहाडीले पत्रकारिता पेशा कमाउनका लागि नभई इमान र इज्जत अनि प्रतिष्ठासंग जोडिने भएकाले त्यसमा अडिग रहन सम्पूर्णमा आग्रह गर्नुभयो। पत्रकारहरु बर्तमान परिस्थितिमा अनुसन्धानात्मक लेख र बिचार अनि खोज पत्रकारितामा बढी तल्लिन हुनुपर्ने बताउदै पहाडीले सबै पत्रकार त्यसकार्यमा जुट्न सके मात्र सत्य तथ्य समाचार समाज सामु आउने बताउनुभयो। सोहि कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य माननीय दिपा बिकले बिभिन्न तरहले समाजको ऎना बन्दै अघि बढेको पत्रकारिता क्षेत्रले स्पस्ट र निश्पक्ष समाचार समाजलाई देखाउनुपर्ने बताउनुभयो। उहालॆ समाजका सबै बर्ग लिङ्ग भाषा र चालचलनका कुरा उठाई समाजलाई चेतनशील बनाउन सबै पत्रकार लाग्नुपर्ने बताउनुभयो।
सो भेलामा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका निबर्तमान अध्यक्ष यानेन्द्र जिसीले प्रेस संगठनको गरिमाको सं रक्षण गर्न र अझै प्रभावकारी रुपमा अगाडी बढ्न आग्रह गर्दै नया कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको छ। सो बैठकले आगामी श्रावण भित्र सदस्यता बितरण, समिति र मिडियामा आबद्ध सदस्यको लागि प्रभावकारी पत्रकारिता तालिम सहित जिल्ला स्तरिय बैठक गर्ने समेत निर्णय गरेको छ। सो बृहत भेलामा नेकपामाओबादीका युवा नेता तथा जिल्ला कमिटि सदस्य सुजित बिक, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बिन्दु कुमार चौहान, सरु राना, भुवन केसी, रुद्रहरी कुँवर, सैनामैनाका दिपक अधिकारि, वाइसियलका दिपेन्द्र सुबेदी, गुनाराम घिमिरे, दिपक गलामी, उषा केसी, भारत पाण्डेलगायत पत्रकार महासंघ रुपन्देहीका सचिव माया केसी, कोशाध्यक्ष संजय सौगात, सदस्य हरु कपिल अधिकारि , प्रकाश पाण्डे, मोहन न्यौपाने , टंक सुनार, राजाराम चौधरी लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्