
तिलोत्तमा सिटी,३१ साउन २०७८,आईतबार। रुपन्देहिको तिलोत्तमा नगरमा लाजमर्दो घट्ना घटेको छ। समाजमा झैँ झगडा नराम्रो क्रियाकलाप नगर्ने भनेर सिकाउने शिक्षक नै कुट्पिटमा उत्रिनुले समाजलाई कता डोहोर्याउने हो भन्ने बिषय सोचनीय बनेको छ। मणिग्राम चोकदेखि पुर्व रहेको कुँवरवर्ती इङ्लिस बोर्डिङ हाइ स्कुलका प्रिन्सिपलले बिद्यार्थी भर्ना अभियानकै क्रममा आफ्नो स्कुलमा विद्यार्थी आउन अबरोध गरेको भन्दै अर्का स्कुलका शिक्षकमाथि सामुहिक आक्रमण गरेका छन्।
घटना साउन २४ गतेको हो। एसईईको रिजल्ट आएपछि शुरु भएको भर्ना अभियानमा सरिक भएका त्यस दिशा तर्फका बिद्यालय शिक्षक तथा कर्मचारी बिचमा बिद्यार्थी ल्याउने तछाड मछाड देखिन्थ्यो। सोहि साधारण मनमुटावलाई लिएर तिलोत्तमा नगरपालिका–८ स्थित नवज्योति इङ्लिस बोर्डिङ स्कुलमा अध्यापनरत शिक्षक सागर न्यौपानेलाई कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य समेत रहेका दिपक खनालको नेतृत्वमा चारजनाले भौतिक आक्रमण गरेको विद्यालयको आरोप छ।
सो घटनामा प्रिन्सिपल खनालसहित सोही विद्यालयमा कार्यरत शिक्षकहरु गोकुल खनाल, युवराज रिमाल र राहुल रेग्मीको समूहले सामुहिकरुपमा कुटपिट गरेकाले चारैजना विरुद्ध अभद्र व्यवहार अन्तर्गत इलाका प्रहरी कार्यालय बुटवलमा मुद्धा दर्ता भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुंवरका अनुसार घटनाका दोषीहरुमाथि घटनाबारे अनुसन्धान भइरहेको र पक्राउ पुर्जी समेत जारि भएको बताए ।
घटनाबारे शिक्षक सागर न्यौपानेलाई बुझ्दा आफुलाई कुनै पनि जानकारी नभएको एक्कासी भएको आक्रमणले आफ्नो दाया हात नै भाचिएकोमा दु:ख ब्यक्त गर्दै कडा भन्दा कडा कारबाहीको माग गरेका छन्। सो घट्ना बारे प्रतिक्रिया लिन कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य समेत रहेका दिपक खनालको मोबाइल नम्बरमा सम्पर्क गर्दा स्विच अफ गरिएको थियो।
घट्ना जे जस्तो भएनी सल्लाह सुझाव र छलफलबाट टुंगिने भन्दै नेकपा मावोबादी केन्द्र तिलोत्तमा-८ ले घट्नाको उचित छानबिन र कानुनि कारबाहीको माग सहित बिज्ञप्ति समेत निकालेको छ। बिनाकारण गुण्डाशैलीमा कुटपिट गरिको भन्दै कुटपिटमा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याई प्रशासनिक निकायबाट कडा कार्बाही गर्न सो पार्टीले माग गरेको छ । पिडित शिक्षक न्यौपाने अखिल क्रान्तिकारी बिद्यार्थी संगठनका नेता तथा तिलोत्तमा वार्ड नम्बर-८ का पार्टी सचिव समेत हुन्।
कमेन्ट गर्नुहोस्