लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोट्रयाक क्लब अफ लुम्बिनी स्टारले दियो तिलोत्तमा नगरलाई स्वास्थ्य सामग्री

IMG

तिलोत्तमा सिटी, २९ साउन २०७८, शुक्रबार । रुपन्देहीको तिलोत्तमानगरपालिकाका सरसफाईकर्मीलाई रोट्रयाक क्लब अफ लुम्बिनी स्टारले स्वास्थ्य सामाग्री प्रदान गरेको छ। क्लबले १७ वार्डका हरियाली प्रबर्धन र सरसफाइकर्मीलाई स्वास्थ्य सेवा र मापदण्ड पुरा गरि कार्य गर्न सहज हुने उदेश्यले नगरपालिका मार्फत मास्क, स्यानिटाईजर, ग्लोब्स उपलब्ध गरेको छ।


क्लबबाट स्वास्थ्य सामाग्रीहरु सम्बन्धित सरसफाइकर्मीलाई बितरण गरिएको नगर प्रबक्ता सुरेन्द्र श्रीले बताउनुभयो । प्रबक्ता श्रीले रोट्रयाक क्लब अफ लुम्बिनी स्टारका अध्यक्ष  मुक्तीराम भण्डारी लगायत सबैमा धन्यवाद दिनुभएको छ भने संयोजन गर्ने तिलोत्तामा नगरपालिका बाताबरण शाखा हरियाली र सरसफाइ प्रबर्द्धनका संयोजक गोरखनाथ खनाललाई आभार ब्यक्त गर्नुभएको छ।



कमेन्ट गर्नुहोस्