लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनलाइन होइन अब रेडियोबाट शिक्षा , विद्यार्थीलाई बाँडे मेयरले रेडियो

IMG

तिलोत्तमा सिटी, २९ साउन २०७८, शुक्रबार । इन्टरनेटको पहुँच सबैतिर नपुग्न सक्छ , यहि समस्यालाई मध्यनजर गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले सेमराबजार  माबी तिलोत्तमा-७ मा विद्यार्थीलाई रेडियो बाँडनुभएको छ ।  हरेक हिसाबले सुबिधायुक्त बन्दै गरेको सेमराबजार माबिको एक कार्यक्रमका बीच मेयर घिमिरेले सो कार्य गर्नुभएको प्रबक्ता सुरेन्द्र श्री ले बतानुभएको छ । नगर प्रमुख घिमिरेले सुबिधासम्पन्न कम्प्युटर तथा बिज्ञान प्रयोगशाला कक्षको एक समारोहका बीच उद्द्घाटन तथा सुभारम्भ गर्नु भएको हो ।




सोहि अवसरमा रेट्रोफिटिङ प्रबिधी मार्फत पुनर्निर्माण गरिएको भवनको पनि सुभारम्भ गर्नुभएको छ । यसै कार्यक्रममा विभिन्न संघसस्थाले उपलब्ध गराएको रेडियो पनि बिद्यार्थी भाइ बहिनिहरुलाई बितरण गर्नु भएको छ यसले कोभिडबाट पढाईमा प्रभावित बिद्यार्थीलाई रेडियोबाट प्रसारित कार्यक्रम सुन्न र सिकाईमा प्रभाबकारी हुने अनुमान गरिएको छ। सो अवासरमा बिधालयका अध्यक्ष गणेश भण्डारी,प्रधानाध्यापक खेमराज पाण्डे लगायतले बिधालयको आमूल परिबर्तन गर्न नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। सामुदायिक बिधालयमा पढाईको गुणस्तर तिब्र गतिमा सुधार भएको भन्दै नगरप्रमुख घिमिरेले नगरपालिका शिक्षा सुधारका सबै योजना लागू गर्न तयार रहेको बताउनुभएको छ ।


कमेन्ट गर्नुहोस्