लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्य घटनामा आधारित‘सखिला’को विमोचन

IMG

तिलोत्तमा सिटी,२१ साउन २०७८,बिहिबार। सत्य घटनामा आधारित उपन्यास ‘सखिला’को विमोचन गरिएको छ । उत्तम निरौलाद्धारा लिखित ‘सखिला’ उपन्यासको शनिबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।उक्त उपन्यासको विमोचन वरिष्ठ साहित्यकार पद्मावती सिंहले गरेकी हुन् ।विमोचनमा बोल्‍दै वरिष्ठ साहित्यकार सिंहले नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र मनोवैज्ञानिक असरको विषयमा स्रष्टाले कलम चलाउनु नारीहरुको निम्ति गौरवको विषय रहेको बताइन् । उनले नेपाली महिलाले भोग्नु परेका विभिन्न सामाजिक पाटोको विषयमा उल्लेख गरिएको बताइन् ।‘सखिला’ तथा दृष्टिकोण परिवारले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ, शंकर भारती, वृन्दादेवी निरौला, विश्वराज ढुंगाना लगायत अतिथि उपस्थित थिए ।लेखक उत्तम निरौलाको दाश्रो कृति ‘सखिला’ हिमशिखर बुक्सले बजारमा ल्याएको हो ।

कमेन्ट गर्नुहोस्