
असार १३ गते आइतबार २०७८ तिलोत्तमा सिटी। गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको नवौ महाअधिवेशन (२०२१-२०२३) कार्यकालका लागी विभिन्न पदहरुमा उम्मेदवारी दर्ता सँगै सरगर्मी बढेको छ । यसै क्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सह-कोषाध्यक्ष पदमा झविन्द्र आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । गुल्मी जिल्लाको मालिका गाउपालिका वडा नं-५ छापहिले घर भइ हाल कतारमा कार्यरत आचार्यले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नुपर्छ भन्ने महसुस गरेर आफूले उम्मेदवारी घोषणा गरेको जानकारी गराएका छन् ।
लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका पुर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको प्रमुख सल्लाहकार हुन । आचार्य यतिबेला कतारमा थप जिम्मेवारी सहित सामाजिक क्षेत्रमा सक्रिय बन्दै आएका छन् ।रोजगारिको सिलसिलामा कतारमा रहनु भएका आचार्यले यसो भन्नु हुन्छ
आदरणिय गैर आवासीय नेपाली दाजु-भाइ तथा दिदि-बहिनिहरु, व्यवसायी, वुद्धिजिवी, पत्रकार, मिडियाकर्मी लगायत सम्पुर्णमा नमस्कार ।
गैर आवासिय नेपाली संघ कतार च्याप्टरको सह-कोषाध्यक्ष पदमा मेरो उम्मेद्धवारी ।
विगत लामाे समयदेखि कतारमा विभिन्न संघ सस्थामा कार्यरत रहदै, सामाजिक कार्यहरुमा निरन्तर सक्रिय हुदै गुल्मी सेवा समाज कतारको पुर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको प्रमुख सल्लाहकार पदमा रहेर काम गर्दै गर्दा यहाँहरु सँगको सामिप्यता बढ्दै जादा कतारमा स्थापित संघ-सस्था समुदाय तथा गैर आवासीय नेपाली संघ कतारसँग पनि धेरै नजिक भएर काम गर्ने मौका मिल्यो र यसलाई मैले सेवा गर्ने मौकाको रुपमा महसुस गरेको छु ।
थप जिम्मेवारी सहित आगामी कार्यकालको कार्यसमितिमा रहेर सेवा गर्ने दृढ ईच्छा भएको हुदा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारकाे आसन्न नवौ अधिवेशनबाट निर्वाचित हुने २०२१-२०२३ कार्यकालका लागि सह-कोषाध्यक्ष पदमा उम्मेद्वारी घाेषणा गरेकाे सहर्ष जानकारी गराउदै कतारमा स्थापित सम्पुर्ण संस्थाका प्रतिनिधि, वुद्धिजीवी तथा समाज सेवी महानुभावहरु समक्ष सहयोगको अपेक्षा सहित हार्दिक अपिल गर्दछु ।
साथै गैर आवासीय नेपाली संघका विभिन्न अभियानलाई पुर्णता दिन थप उर्जा प्रदान गर्नेछु भन्दै पुर्ण साथ सहयोग र समर्थनको अपेक्षा सहित मेरो उम्मेद्वारी घोषणा गरेको छु । धन्यवाद !
विशेष आभार सहित
झबिन्द्र आचार्य
QA00000046
NRNA NCC कतारको सह-कोषाध्यक्ष पदका उम्मेद्वार ।
निबर्तमान समितिमा समेत एनआरएनए एनसिसि कतारको सदस्य समेत रहेका उनि होनाहार उम्मेदवार हुन् , जसले यस अघि पनि समस्यामा परेका नेपालीहरुको हितमा काम गर्दै सामाजिक सेवा गर्दै आइरहेका छन। त्यति मात्रै होइन उनले कतारको यस गरिमा बोकेको सस्थाको लागि सामाजिक , आर्थिक, नैतिक र सस्थाको गरिमाजोगाउन र यसको पारदर्शिता जवाफदेहीता र जिम्मेबारीलाई सफल तबरले निभाएका छन्। उनले आफुलाई जिताउनु कतारमा रहेका नेपालीको हितहुनु हो भनेका छन्।
कमेन्ट गर्नुहोस्