लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाउ नदीको बहाव उच्च, नदी किनारका स्थानियलाई सतर्क रहन तिलोत्तमाको आग्रह

IMG

असार १ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।२ दिनदेखि आएको अविरल वर्षका कारण बुटवल स्थित तिनाउ नदीको वहाव उच्च भएको छ । वर्ष जारी रहंदा तिनाउको वहाव अहिले सम्मकै उच्च भएको बताईएको छ । वहावले खताराको संकेत नाघेपछि नदी आसपासमा बस्दै आएका स्थानियलाई सतर्क रहन आह्वान गरिएको छ ।तिनाउ र रोहिणी नदिको बहाव उच्च भएपछि नदी आसपास बसोबास गरिरहेका स्थानियलाई सतर्क रहन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले आग्रह गरेका छन् ।


बिगत ३६ वर्ष यताकै ठुलो बहाव देखिएको पुरानो बुटवलका एक स्थानियले बताए ।वर्षा हुने क्रम जारी रहेकाले नदीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि तिनाउ नदीको बहाव अझै तीन दिन बढ्न सक्ने सुचना गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले तिलोत्तमा नगरपालिकाका नगर प्रहरी तथा जनप्रतिनिधि सहित को टिम डुबानमा परेका हरुलाई उचित ब्यबस्थापन तथा सहयोगका लागि जुटिरहेको नगर प्रहरी तिलोत्तमा नगरपालिकाका इन्चार्ज नर प्रसाद श्रेष्ठले जानकारी दिएका छन्। 



कमेन्ट गर्नुहोस्