लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गैह्र आवासीयहरुको हित नै मेरो जित हो : कोषाध्यक्षका उम्मेदवार राजिव प्रसाद श्रेष्ठ

IMG

बैशाख २९ गते बुधबार २०७८ तिलोत्तमा सिटी। अमेरिकामा बस्ने नेपालीहरुको छाता संगठन गैह्र आवासीय नेपाली संघ”अमेरिका एन आर एनको आगामी मे २९ र ३० तारिखमा निर्बाचन हुने भएको छ। यसपाली अझै यो निर्बाचनमा घमासान प्रतिश्प्रधा हुने निश्चित छ।  तथापि गैह्र आवासीयहरुको हितका लागि काम गर्ने जो कोहिले सायद यो निर्बाचनमा जित हासिल गर्ने सुनिश्चित भै उम्मेदवारी दिएका छन् कोषाध्यक्ष पदका उम्मेदवार राजिव प्रसाद श्रेष्ठले। उनै कोषाध्यक्ष पदका प्रत्यासित उम्मेदवार श्रेष्ठसंग अनलाइन मार्फत तिलोत्तमा सिटीका लागि मोहन न्यौपानेले गर्नुभएको कुराकानीको केहि अंश यहा प्रस्तुत गरिएको छ।


- राजिव जी सर्बप्रथम यहालाई स्वागत छ र अग्रिम शुभकामना पनि !

धन्यबाद ! तिलोत्तमा सिटीलाई र सबै गैह्र आवासीय नेपालीहरुमा हार्दिक नमस्कार टक्र्याउन चाहन्छु। 


- गैह्र आवासीय नेपालीहरुको छाता संगठन गैह्र आवासीय नेपाली संघ”अमेरिका एनआरएनको आगामी मे २९ र ३० तारिखमा हुने निर्बाचनमा यहाँ उम्मेदवारी दिनुभएको छ। राजिब प्रसाद श्रेष्ठलाई किन मत हाल्ने ? 

सर्बप्रथम मेरो प्रेरणाको स्रोत नै नेपाल, नेपाली र गैह्र आवासीय नेपालीहरु प्रति मेरो माया र सदभावना नै हो। मैले बिगत ७ बर्षदेखी बिश्वमै सर्वश्रेष्ठ लडाकु बिमान F35 को Life Cycle Cost र Value Manager को रुपमा २५ Billion को Budget वार्षिक र भबिस्यमा हुने खर्चको लेखाजोखा गदै, प्रतिबेदन Department of Defense मा पठाउदै आएको छु। त्यस्तै आफु प्रमुख प्रोजेक्ट इन्जिनियर भई बोइङ B787 डिजाइन टिमलाई नेतृत्व दिएको अनुभव छ। 


यसैले आफ्नो अनुभवलाई संगालेर, आफुले नेपालीहरुको आर्थिक र सामाजिक उठान गर्न सक्छु भन्ने बिस्वासले म राजिव प्रसाद श्रेष्ठ आगामी मे २९ र ३० गते हुने निर्बाचनमा यहाँको साझा हुने उदेश्यका साथ् उम्मेद्वारी दिएको छु। यस सस्था र नेपालीहरुप्रतिको इमान्दारिता, दु:खमा, समस्यामा, परेका नेपालीहरु प्रति उत्तरदायित्व बहन गर्न, सस्थाको पारदर्शिता,यसको आर्थिक स्थिरता, कम खर्चिलो पद्धतिका लागि मितव्ययिता , नेपालीहरुका लागि आत्मनिर्भरता, नया-नया स्रोतहरुको खोजी र सस्था र नेपालीहरुको हित, अधिकार र ठोस योजनाका लागि मेरो उम्मेद्वारी दर्ता गरेको छु। मेरो काम गराई र फलका आधारमा सम्पुर्ण गैह्र आवासीय नेपालीहरुले शिर ठाडो गर्न अबसर मिल्ने छ भन्ने कुरामा बिश्वस्त छु।


- यहाँले कोषाध्यक्ष पद नै किन रोज्नुभो ?

जतिसुकै राम्रा ldeas अथवा प्रोजेक्टहरु पुरा गर्न कोषको अत्यावश्यकता हुन्छ। त्यस्ता प्रोजेक्टका NRN का सपना पुरागर्न मैले सय सस्थामा चाहिने स्रोत र साधन जुटाउने प्रण गरेको छु। मैले Indiana राज्यको सस्थापक अध्यक्षको २०१७-१९ कार्यकाल देखिनै अमेरिकामा बस्ने नेपालीहरुका आर्थिक र सामाजिक स्थितीका बारेमा जिज्ञासा राख्दै आएको थिए र साथै कसरी हाम्रो स्रोत र साधनको परिचालन गरि नेपालको बिकासमा हामी जोडिन सकिन्छ भनेर सोच्थे। मैले यसको लागी US Census बाट data लिई लगभग २ लाख गैह्र आवासीय नेपालीका सामाजिक र आर्थिक अबस्था बारेमा धेरै कुरा जान्ने मौका पाएको छु। यसैले मलाई हाम्रा Challenges र Opportunity का बारेमा ज्ञान छ।साथै २५ बर्षको अमेरीकी Corporate Experiences तथा १ दशकभन्दा बढि बिभिन्न संघसस्थामा बिभिन पदमा रहेर समाजलाई सेवा  गरेको अनुभवहरु छन।


आफ्ना अनुभव र सक्षमताका आधारमा NRNA लाई आर्थिक रुपमा माथि उठाउछु र ठोस योजनाहरुको कार्यवन गर्न स्रोत र साधन जुटाउछु भने अठोटले मैले कोषाध्यक्षको रुपमा उम्मेदवारी दिएको हू। त्यस्तै संस्था lnnovative तरिकाबाट संस्थाको आय र खर्चको बिबरण र लेखाजोखा राख्दै, सम्पुर्ण  NRN ले बुझ्नसक्ने रुपमा आय र खर्चको स्रोतको पारदर्शिताका साथ् आर्थिक बिबरण पेश गर्ने परिपाटी बसाल्छु। बिभिन्न राज्यमा छरिएर रहेका संघ-संगठन र NRNA chapter हरुसंग सवन्वय गरि, स्थानिय तहमा NRNA Chapter मार्फत सहकार्य गर्न र चाहेको बेला आर्थिक सहायता दिने परिपाटी बसाल्छु। जसले गरेर यस सस्थामा कसैले पनि औला उठाउन नपावोस, सधै नेपालीको हितमा उनीहरुकै अधिकारका लागि हिड्न पाइयोस र आर्थिक मितव्ययिताको पालना गर्दे फजुल खर्चलाई बन्द गर्नेछु।यहा नेपालीलाई परेको हरेक समस्यामा म सस्थालाई लिएर संगै उभिन सकु, त्यसकारण आर्थिक स्थिरता र आत्मनिर्भरताका लागि मैले कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ। 


-यहाँ नेपालीहरुको समस्या के के देख्नुभएको छ र कति समस्या हल गर्न सक्ने देख्नुहुन्छ आफुलाई ?

हामी एकजुट भए त्यस्ता कुनैपनि समस्या छैनन, जसको समाधान गर्ने बाटो खोज्न सकिदैन। मलाई बिस्वास छ, हामी NRN हरुमा त्यस्तो शक्ति, सिप र ज्ञान छ जसको परिचालन गर्नसके अमेरिकामा बस्ने नेपाली मात्र होइन हाम्रो मातृभुमिलाई पनि समृद्धिको बाटोमा लैजान सक्ने हामीमा क्षमता छ। आगामी एनआरएनको अमेरिकामा हुन गैरहेको निर्बाचनमा सबै नेपालीहरुको हकहित, अधिकार र अल्पसन्ख्यक समुदायले पाउने सुबिधा लिन, कर्मभुमिमा परिवारको लागि केहि गर्ने अठोट गरेका सबै ब्यक्तित्वलाइ समुदायको तर्फबाट सहयोग गर्ने माहोल बनाउन, दोहोरो कर प्रणालीको अन्त्य गर्दै, हाम्रो समुदायमा सुखदु:खमा एकाकार हुँदै , यहाँ बस्दा परेका समस्याहरुको क्रमश: हल गर्दै जान, टिपिएस नबिकरण , यहाँ अध्ययनरत तमाम बिद्यार्थीका समस्या, लगानीको सुरक्षितका लागि यहाँ ब्यबसायमा सम्लग्न ब्यबसायीले लिने इन्स्योरेन्स, सहुलियतमा पाउन सक्ने Loan, तथा अन्य शुल्कको मितव्ययिताको लागि पहल, आर्थिक उत्थानका लागि सीपको बिकाश गर्नसक्ने Training को व्यवस्था गर्ने मेरो मुख्य कार्य हुनेछ, त्यसमा मैले सबैको सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछु। अहिले धेरै समस्या नेपालीहरुलाई छ ति जस्तोसुकै समस्यालाई क्रमश: समाधान गर्ने मेरो लक्ष्य हो त्यहि लक्ष्य अनुरुप म आफुलाई यो पदमा निर्बाचित भए लगत्तै नेपाल र गैह्र आवासीय नेपालीका सर्बाङ्गिण बिकासमा टेवा पुर्याउने कोसिस गर्नेछु। 


- अन्त्यमा, आगामी चुनाबमा तपाइलाई मत हाल्ने नेपाली नागरिक जो लामो समयदेखि अमेरिकामा हुनुहुन्छ, धेरै दु:खसुख भोग्नु भएको छ, उहाँहरुलाई के भन्न चाहनुहुन्छ ? 

मैले पहिले पनि भन्दै आएको छु , अबको यो सस्थालाई मजबुत, दरिलो र पारदर्शी बनाउने पहिलो काम सबै नेपालीहरुको हातमा छ , सस्थाको हित गर्ने मान्छेलाई जिताएर मात्र सस्था अगाडी बढ्ने हुदा आगामी मे २९ र ३० मा अमेरिकाको जुनसुकै ठाउमा भएपनि सबै नेपालीको साझा सस्था बनाउने अभियानमा लागेको यहाँहरुकै साथी दाजुभाई म राजिव प्रसाद श्रेष्ठलाई अमुल्य मत दिएर सम्पुर्ण नेपाली जो दु:खमा परेका छन् , जसको लगानी सुरक्षित छैन, जो यो या त्यो बहानामा सधै भरि दु:ख पाइरहेका छन् , जो आत्मनिर्भर बन्न चाहन्छन ति सबै नेपालीको हितमा मतदान गरेर एकपटक सेवा गर्ने सुनौलो मौका दिनुहुनेछ भन्ने आशा गर्दै सबै नेपालीलाई सो मतदान प्रक्रियामा सहभागी भैदिनुहुन बिनम्र निबेदन गर्दछु , धन्यबाद !


कमेन्ट गर्नुहोस्