
२०७७ चैत २१ गते तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अबस्थित पर्यटकिय स्थल शंकर नगर बन बाटिकाको १०औ बार्षिकोत्सव सम्पन्न भएको छ। शंकर नगर बनाबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माको सभापतित्व तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रि लिला गिरीको प्रमुख आतिथ्यता एबम तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेको बिशिष्ठ आतिथ्यतामा सम्पन्न साधारण सभाले करिव ३ करोड को आयव्यय सार्बजनिक गरेको छ।
कार्यक्रमको शुरुवातमा आफ्नो बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष बेल प्रसाद शर्माले यस प्रदेश मात्रै नभएर देशकै नमुना पर्यटकिय स्थल बनाउन कम्मर कसेर लागिएको र यस कार्यमा सबैको साथ् अपरिहार्य रहेको बताउनुभयो। कोशाध्यक्ष मनिराम भट्टराइको आर्थिक प्रतिबेदन संगै बन बाटिकाको सबै खर्च तथा आम्दानि सार्बजनिक गरिएको हो। सस्थाका उपाध्यक्ष खिमलाल पाण्डेयको स्वागत मन्तब्य बात शुरु भएको कार्यक्रममा बोल्दै मन्त्रि लिला गिरीले यस क्षेत्रको गरिमा र बिकाशका लागि आफु डटेर अघि बढ्ने बताउदै सबै मिलेर प्रदेश कै गौरवको पर्यटकीय स्थल बनाउने बताउनुभयो। उहाले प्रदेश सरकारको नजरमा समेत यस क्षेत्रको बिकाश निर्माण र योजना शुरुवात देखि परेको भन्दै यहाको बिकासका सबैको साथ चाहिने बताउनुभयो।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बनबाटिकाको सर्बाङ्गिण बिकाशका लागि आफु तयार रहेको बताउनुभयो। केहि समयमै सम्पन्न हुन लागेको भ्यु टावर र यस वरपरका संरचनाले बनबाटिका प्रवेश स्थल बाटै आकर्षक बनाउन नगरपालिका तयार रहेको जानकारी दिनुभयो। तिलोत्तमा नगर देशमै उत्कृस्टहुन नगर बासीको सहयोग ठुलो रहेको भन्दै बनबाटिकाको बिकाश र पर्यटकिय आधार बढाउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो। कार्यक्रममा उच्च अदालतका प्रमुख सह न्यायधिबक्ता मोहन सगर बस्याल, जिल्ला बन कार्यालयका प्रमुख बोधराज सुबेदी शंकरनगर सामुदायिक बनका अध्यक्ष रबिन्द्र बस्नेत, नेकपा तिलोत्तमा नगर कमिटि(ओली पक्ष)का अध्यक्ष मोहन चापागाईं लगायतले बोल्दै बन्बाटिकको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए। कार्यक्रमको संचालन सस्थाका सदस्य किरण खरेलले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्