लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीमा भब्य कार्यक्रम

IMG

२०७७ चैत २० गते  तिलोत्तमा ।  कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीहरु आफ्नो प्रकृति, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिंदै केही सहकारी संस्थाहरुको बदमासीले गर्दा सिंगो सहकारी क्षेत्रमाथि नै प्रश्न उठ्ने गरेको बताइन् । ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीमा आयोजित कार्यक्रममा उनले नवीनतम, उद्यमशील र रोजगारमूलक काम गर्ने सहकारीहरुलाई मन्त्रालयले अनुदानको समेत व्यवस्था गरेकाले त्यसबाट लाभ लिन आग्रह गरिन् ।


सो अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खांण, बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपाल,राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधव देवकोटा, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हिरा केसी, नेफ्स्कुनका सञ्चालक सन्दिप सापकोटा, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्मा सहकारी अभियन्ता तथा जिल्ला सहकारी संघ रुपन्देहीका सचिव टिका गौतम लगायतले संविधानले नै सहकारीलाई तीनखम्बे अर्थनीतिको एक खम्बाका रुपमा परिभाषित गरेकोले सोही अनुसार अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका थिए।



कार्यक्रममा कोरोना संकटको बेला किसानको तरकारी बिक्री लगायत कोरोना प्रभावितलाई स्वास्थय सामग्री सहयोग गरेका सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो। त्यस्तै जिल्ला सहकारी संघले आयोजना गरेका हाजिरीजवाफ र निबन्ध प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो ।सो अवसरमा रुपन्देहीमा आयोजित कार्यक्रममा पत्रकार टोपराज शर्मा पुरस्कृत भएका हुन् । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल र जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले संयुक्त रुपमा पत्रकार शर्मालाई पुरस्कृत गरेका हुन्। पुरस्कारको राशी नगद रु. १० हजार रहेको छ ।नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा जिल्ला सहकारी संघले प्रदान गर्दै आएको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार–२०७६ टोपराज शर्माले पाएका हुन् । जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रम को संचालन सचिव टिका गौतमले गरेकी थिइन्। 

कमेन्ट गर्नुहोस्