लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिकाश बजेट काटेर ओलीले खर्चिलो निर्बाचन गराउदै : तिलोत्तमा नगरपालिका

IMG

९ पुस, २०७७ तिलोत्तमा। सम्भवत नेपालमै पहिलो पटक स्थानीय तहले निर्णय नै गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कार्यको बिरोध जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगर कार्यपालिकाले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णयलाई संविधानको मर्म र जनभावना विपरित भएको बताएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे द्वारा हस्ताक्षरित नगर कार्यपालिकाको तर्फबाट बिज्ञप्ति प्रकाशित गर्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले संविधान र लोकतन्त्रलाई गम्भिर आघात पुर्याएको उल्लेख गरेका छन् । संसद विघटनले देशमा राजनीतिक अस्थिरताको पुनराबृत्ति भएको र ओलीको कठोर कदमले जनतामा ठुलो निराशा छाएको बिज्ञप्तिमा लेखिएको छ ।


स्थानिय तह हुदै प्रदेश र देशमा हुने विकास बजेट कटौती गरेर बेमौसमी मध्यावधी निर्वाचन नेपाली जनताको हित विपरित रहेको समेत बिज्ञप्तिमा उल्लेख छ । तिलोत्तमा नगर कार्यपालिकाले स्थायित्व, समृद्दी, विकास र सुशासनका लागि विघटित प्रतिनिधिसभा पुनःस्थापनाको जोडदार माग समेत गरेको छ । यसअघि हिजोमात्रै नगरपालिकाका नगर उप प्रमुख जागेश्वरी देवी चौधरीले आफुलाई बिना सोधपुछ ओली समुहले केन्द्रिय सदस्यमा नियुक्त गरेको प्रति खेद ब्यक्त गरेकी थीइन। नगरपालिकाको आधिकारिक लेटरहेड्मा प्रकाशित विज्ञप्तिले ओली सरकारको यो कदमलाई बिकास बिरोधि  भनेको छ।  


कमेन्ट गर्नुहोस्