
संवैधानिक परिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राईलाई सिफारिस गरेको छ।३० मंसीरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशअनुसार त्यसैदिन बसेको संवैधानिक परिषद्को बैठकले राई लगायत जनालाई विभिन्न १५ संवैधानिक पदमा नियुक्तिको सिफारिस गरेको स्रोतले बतायो।उक्त दिन नियुक्तिका लागि गरेको सिफारिस आज, आइतबार संघीय संसदका महासचिवकोमा पुगेको संसद स्रोतले जानकारी दिएको छ।अन्य को को व्यक्तिलाई कुन कुन संवैधानिक निकायको पदाधिकारी सिफारिस गरिएको हो भन्नेबारे केही खुलाइएको छैन।
कमेन्ट गर्नुहोस्