
अभिनेत्री श्वेता खड्काले सोमबार (आज) विवाह गरेकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी हुन् ।केही समययता प्रेम सम्बन्धमा रहेका विजयेन्द्र र श्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा सीमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह गरेकी हुन् ।नेपाली रजतपटमा ‘कहाँ भेटिएला’ मार्फत डेब्यू गरेकी खड्काको यो दोस्रो विवाह हो । चर्चित नेपाली अभिनेता श्रीकृष्ण श्रेष्ठसँग उनले २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् ।तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
कमेन्ट गर्नुहोस्