लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भूवन केसीको आग्रह–‘संचारमन्त्री ज्यु फिल्मीकर्मीको समस्या वुझिदिनुहोला’

IMG

नायक भूवन केसीले चलचित्रकर्मीको समस्या वुझिदिन सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङलाई आग्रह गरेका छन् । संचारमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका केसीले चलचित्रकर्मीहरु लामो समयदेखिको लकडाउनका कारण समस्या परेको भन्दै हल खुलाउने बिषयमा गम्भिर भैदिन आग्रह गरे । नायक केसीले संचारमन्त्रीसँग भेटेर लामो समयदेखि हल बन्द हुँदा चलचित्र क्षेत्रको गतिविधी नै ठप्प भएकोले राम्रा कलाकार, प्राविधिक चलचित्र क्षेत्रको विकल्प सोच्नुपर्ने अवस्थामा रहेको बताएका छन् । उनले चलचित्र क्षेत्रको बिषयमा गम्भिर भैदिन मन्त्री गुरुङलाई आग्रह गरेका छन् । 


नायक केसीले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर छायांकन तथा चलचित्र रिलिजको तयारी गर्नुपर्ने बताए । उनले भने–‘लकडाउनका कारण सबैभन्दा बढी समस्यामा चलचित्र क्षेत्र परेको छ । कोरोना भाइरसका कारण बन्द भएका सबै क्षेत्र खुल्दा पनि चलचित्र क्षेत्र नखुल्दा हामी सबै समस्यामा छौ । मैले, यसबारेमा गम्भिर भैदिन संचारमन्त्रीलाई आग्रह गरेको हुँ ।’भूवनले हामीसंग भने–‘चलचित्र क्षेत्रमै लागेर राम्रो रकम कमाएर बसेका केही सिमित चलचित्रकर्मीलाई खासै समस्या नपरेको हुनसक्छ । तर, यही क्षेत्रमा लगानी गरेरै यही क्षेत्रबाट कमाउनेहरु ठूलो मर्कामा परेका छन् । उनीहरुका लागि सरकारले निती ल्याउन आवश्यक छ । लामो समयदेखि हल नखुल्दा हल संचालकहरु ठूलो समस्यामा छन् । हलमा भएको करोडौ लगानी र बैंकको व्याजले उहाँहरुलाई पनि ठूलो समस्यामा पारेको छ । यो बारेमा सरकारले गम्भिर ध्यान दिन आवश्यक छ ।’ सो भेटमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि सहभागी थिए । चलचित्रकर्मीहरुको बिषयमा मन्त्री गुरुङ सकारात्मक रहेको नायक केसीले हामिलाई जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्