लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नम्रताको नरम स्टाइल

tillotmacitynews - 2020 Sep 19 09:17 PM
IMG

काभ्रेको तीनधारे झरना अहिले चर्चामा छ । सामाजिक संजालमा यसको चर्चा भएपछि यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । नेपाली चलचित्रकी नायिका तथा मोडल नम्रता सापकोटा पनि तीनधारे झरना पुगिन् । नम्रताले उपलब्ध गराएको तस्वीरमा उनी खुलेकी छिन् ।काठमाण्डौको भीडभाडबाट केही समय राहत पाउनका लागि पनि मानिसहरु यो झरनासम्म पुग्ने गरेका छन् ।


लकडाउनमा आफ्नो तौल घटाएकी नम्रता अहिले फेरि केही केजी तौल बढाउने दौडमा छिन् । यसका लागि आफूले डाइटिङ कम गर्न थालेको उनी बताउँछिन् ।नम्रता सामाजिक संजालमा ‘नेपोटिज्म’को बहस चर्काएपछि चर्चामा आएकी थिइन् । उनी, हाल म्यूजिक भिडियोको काममा बढी व्यस्त छिन् ।

कमेन्ट गर्नुहोस्