लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गित संगीतको भिडमा वरिष्ठ गायक कार्किको मौलिक तीज गित 'बामरी'

IMG

गोविन्द भुसाल
बुटवल 
। करोडौं गित संगीतको भिडमा अहिलेको अबस्था अर्थात् तीज गित गाउने र भिडियो बनाएर बजार ब्यबस्थापन गर्ने माहोल चलिरहेको छ। यसरी बजारमा तीज गित आइरहेको बेला कति गितहरु समय सन्दर्भ छन् भने कति गितहरु फरक सैलिमा प्रस्तुत भएका छन् । यसरी गित संगीतहरु बजारमा आइरहँदा आफ्नै मौलिक लय शब्दहरु हराउँदै गइरहेको त छैन। यसै कुरालाई मध्यनजर गरेरे वरिष्ठ लोकदोहोरी गायक बोम बहादुर कार्की र सहयात्री अर्थात श्रीमती गायिका शिवा आले कार्किको मौलिकता झल्काउने तीज गित 'बामरी' को म्युजिक भिडियो सार्वजनिक भएको छ।


जसमा बरिस्ठ लोकगायिका शिवा आले  कार्की र समूह गायनमा गायिका गिता श्रेष्ठको स्वरमा सजिएको गित बरिस्ठ गायक बोम बहादुर कार्किको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।त्यस्तै लय र शब्द वरिष्ठ  गायक बोम बहादुर कार्किकै रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीको रहेको छ।उक्त सार्वजनिक गितको भिडियोमा रुबिना अधिकारी लगाएत अन्य कलाकारहरुको नृत्य तथा अभिनय हेर्न सकिन्छ।प्रकाश भट्टको कोरियोग्राफर तथा निर्देशनमा तयार भएको भिडियोमा दुर्गा पौडेलको छायांकन छ भने उक्त गितको सम्पादन बिष्णु शर्मा गरेका छन्।


त्यस्तै उक्त सार्वजनिक मौलिक तीज गित गोर्खा म्युजिकबाट अडियो . भिडियो  र मारुनी डिजिटलबाट रेकर्डिङ गरिएको छ।गितमा मौलिकतालाई बढी जोड दिएको देख्न पाहिन्छ।

भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=rbUMJaSmQhY&feature=youtu.be&fbclid=IwAR38RNSG-HHbxmpO-ZYL-CyXY1FUDN4k4wrASxTQKhNJzd0dsPJlqTc7yxw


कमेन्ट गर्नुहोस्