
नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुरुषोत्तम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका छन ।जसको वरिष्ठ उपाध्यक्षमा नारायण बहादुर थापा, उपाध्यक्ष (थोक) मा कृष्ण प्रसाद शर्मा पोखरेल, उपाध्यक्ष (खुद्रा) मा माधव प्रसाद खनाल, महासचिवमा केदारनाथ नेपाल, कोषाध्यक्षमा कपिल ज्ञवाली, सचिवमा उमेशचन्द्र आचार्य र उप–कोषाध्यक्षमा एकादेव बस्याल निर्वाचित भएका छन ।
साथै सदस्यहरूमा गुज्जन ढकाल, दीपक अधिकारी, मुकेश श्रेष्ठ, मोतिलाल खनाल, लेखनाथ न्यौपाने (गणेश), सजना श्रेष्ठ र सुभेच्छा गौतम निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कृष्ण घिमिरे गाउँलेले बताए ।
देशमै रोजगारमार्फत युवा पलायन रोक्न जरुरी छ । –स्वस्थ्यमन्त्री पुन
देशमै रोजगारी सिर्जना गरि युवा पलायन रोक्नु आजको आवश्यकता भएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनमगरले बताएका छन । युवाहरु विदेश पलायनसंगै जनसंख्या घट्दा व्यवसाय कमजोर भएको बताउँदै पुनले स्वदेशमा उनिहरुलाई रोक्ने गरि सबै पक्ष लाग्नुपर्ने बताए । नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनको उद्घाटन गर्दै उनले औषधी ब्यवसाय संवेदशिल ब्यवसाय भएको भन्दै ब्यवस्थित र मर्यादित बनाउनतर्फ जोड दिन आग्रह गरे । अन्य पेशा ब्यवसायभन्दा फरक र संवेदशिल ब्यवसाय भएको उनले बताए । एक वर्षको अवधिमा देशमा धेरै परिवर्तन र पिडा भोग्नुपरेको भन्दै उनले यो समस्यालाई सबै मिलेर पार गर्नुपर्ने बताए । औषधी व्यवसायमा देखिएको समस्याहरू सङ्कलन गरेर मन्त्रालयमा ल्याउन आग्रह गर्दै उनले यसको समाधानमा लाग्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष प्रकाश कुमार खण्डेलवालले खुला सिमानाका कारण बजारमा नक्कली औषधि भित्रिने क्रम बढेको भन्दै यसको कडा नियन्त्रण गर्न सरकारसंग माग राखे । देशमा आउने जुनसुकै विपद्को समयमा पनि औषधि व्यवसायी ब्यवसायबाट महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले औषधि व्यवसायी संघजस्ता व्यवस्थित संस्थाका कारण समग्र बुटवलको गरिमा बढेको धारणा व्यक्त गरे । कार्यक्रममा औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले वर्तमान समयमा व्यवसायीहरू चरम मारमा परेको बेला राज्य नै व्यापारी भएर गतिविधि गर्दा अप्ठ्यारो भएको बताउँदै व्यवसायीको हक अधिकारका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । त्यस्तै, औषधि व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेले औषधि व्यवस्था विभागले संघीय संरचना अनुरूप प्रदेश स्तरीय शाखा व्यवस्थापन गर्न नसक्दा व्यवसायीलाई कठिनाइ भएको गुनासो गर्दै व्यावसायिक एकता र हकहितका लागि सबै एकजुट भएर अगाडि बढेको प्रष्ट पारे ।
नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवाली, पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेल, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्याल, गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले आम नागरिकको स्वास्थ्यसंग जोडिएको औषधीजन्य संवेदशिल ब्यवसायलाई सरकारबाट धरासायी बनाउने काम रोक्ने गरि नीतिगत रुपमा लाग्न आग्रह गरे । नागरिकको हकहितमा सरकार नितिगत रुपमा काम गर्दै गर्दा उद्योग ब्यवसायीहरुको हकहितसंग नबाझिने गरि निति बनाउन आग्रह गरे । १५ बेडको अस्पताल दर्ता गर्न स्थानिय सरकारले पाउने तर क्लिनिक दर्ता भने प्रदेश सरकारबाट हुने प्रावधान गलत भएको उनिहरुले बताए । यस्ता समस्याका गाठो फुकाउने काम गर्न उनिहरुले आग्रह गरे।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष खड्ग प्रसाद बस्तेतले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पारे। ब्यवसायिक हकहित र संस्थागत विकासमा विशेष कामहरु भएको उनले बताए ।कार्यक्रममा उत्कृष्ट ब्यवसायी सम्मान रिटेलको पहिलो पसल संचालन गरेका सिह मेडिकल हलका संस्थापक स्वर्गिय सुद्दितमान सिहका सुपुत्र डा.रमेशमान सिह तथा महेशमान सिहलाई सम्मान गरिएको छ।स्वर्गिय खेम पुनबाट शुरु भएको होलसेल खेम ईन्टरप्राईजेजका संचालक ओमीकला पुनलाई सम्मान गरिएको छ। खुद्रातर्फ २०४९ सालदेखि कार्यरत जनसेवा मेडिकल हलका संचालक हेम बहादुर चिदीमगर, संघका सदस्य एकादेव बश्याल उत्कृष्ट कार्यसमितिका रुपमा सम्मानित भएको सम्मान कार्यक्रमका संयोजक बाबुराम भट्टराईले बताए ।कार्यक्रममा ब्यवसायमा देखिएका समस्या समाधानका लागि महासचिव कृष्ण पोखरेलले औषधीहरु संस्थागत सिफारिसको नाममा दुरुपयोग भएको उनले बताए ।
कमेन्ट गर्नुहोस्