लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोटेकोसी बाढीपीडितका लागि तिलोत्तमा नगरपालिकाद्वारा ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय

IMG

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले भोटेकोसी बाढीपीडितको राहत तथा सहयोगका लागि कुल ४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।नगरपालिकाले आफ्नो तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने तथा जनप्रतिनिधि र कर्मचारीहरूको तीन दिन बराबरको सेवा–सुविधाबाट संकलित १५ लाख रुपैयाँ समेत गरी कुल ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।


प्राकृतिक विपत्तिका कारण प्रभावित भोटेकोसी क्षेत्रका बाढीपीडितलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ।नगर प्रमुख रामकृष्ण खाण, नगर उपप्रमुख जागेश्वर देवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको उपस्थितिमा भएको निर्णयअनुसार उक्त सहयोग रकम बाढीपीडितको राहत तथा उद्धार कार्यमा प्रयोगका लागि उपलब्ध गराइनेछ।तिलोत्तमा नगरपालिकाले विपत्तिको समयमा पीडित नागरिकको साथमा स्थानीय तहको दायित्व र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरेको जनाएको छ।


कमेन्ट गर्नुहोस्