लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राति लुम्बिनी प्रदेशको पहाडी भूभागमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

IMG

काठमाडौँ, वैशाख १९ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 


महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । 


बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।  आज शनिबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


भोलि आइतबार राति लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।  पर्सी सोमबार कर्णाली प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

कमेन्ट गर्नुहोस्