लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रूपन्देही ३ मा रास्वपाका थापा भारी मतान्तरले विजयी

IMG

बुटवल । रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार लेखजंग थापा विजयी भएका छन् । शनिबार बिहान आएको अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले पराजित गरे ।


थापाले ५८ हजार ८१४ मत ल्याउँदा गुरुङले जम्मा ८ हजार ४३५ मत मात्र प्राप्त गरे । यस्तै एमालेका वासुदेव घिमिरेले ८ हजार २७८ मत मात्र ल्याए । यस्तै राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत मात्र ल्याउन सके । आम निर्वाचन अघि घोषणा भएको उपचुनावका लागि पनि रास्वपाले डा. थापालाई उम्मेदवार बनाउने निर्णय गरेका] थियाे। उनी नेपालकै चर्चित न्यूरो रोग विशेषज्ञ समेत हुन् ।

कमेन्ट गर्नुहोस्