
साक्षी तिवारी । चुनाव नजिकिदै गर्दा नेताहरुको बाचा विशाल आकाशजस्तो फराकिलो हुन्छ अनि त्यसको नतिजा भने बालुवामा हालेको पानि जस्तो हुन्छ। चुनाबमा आम जनतासंग नजिकिदै सपना बाडिन्छन त्यो सपना पुरा हुने नामनिशाना पनि हुदैन, जनताको आखामा सपना भरिदिने अनि आफ्नो आखामा रतन्धो लागेको हुनुपर्छ। जनताको जिनिदगि पनि चर्किएको माटोको घैटोजस्तै भएको छ। सधै जनताको अभिलाषा अधुरै हुनु पर्ने| चुनाबि लाइनमा र मतदानको भिडमा अभिएको नागरिक बास्तबमै आफ्नो आशाको र आफ्नो जन्मभुमिको प्रतिनिधि हुन।
“मतदानको लाइनमा उभिएका नागरिक भिड होइन, उनिहरु त भबिष्यको प्रतिस्पर्धि हो।
चुनावको बेला आशाको बजार
चुनाव आशाको बजार हो यहा आशा बेच्न सबैलाइ आउछ। फेरि यो हप्ताजसरि आइराख्ने पनि त होइन, पाचवटा बर्ष, कैयो महिना, दिन, घन्टा, समय, सेकेन्ड संगै मिलिसेकेन्ड मा आउने लोकतान्त्रिक उस्तव हो। आउछ, माहोल फरक हुन्छ, फरक ठाउ फरक तेतृत्व! यो त मेरो मान्छे हो भोट दिनुपर्छ भन्ने आश लिएका हुन्छन आम जनताले, तेहि आफ्नो मान्छे आफ्नैसंग देश लिएर अगाडि बढेको हुन्छ। टक्क सुटबुट लाएर केहिदिनको पाहुना जसरि हात जोड्दै हरेकको घरघरमा यसरि गइन्छ मानौ बर्षौपिछे पाहुना आए झै! भगवान जसरि जनताले यसरि स्वागत गर्छन फेरि साच्नै उ बिष्नु भगवान नै हो! कहिले नदेखेको अनुहार नचिनेको अनुहारले भन्छ! “ तपाइ हाम्रो परिवार हो”
त्यो बय्वहार यस्तो लोभलाग्दो हुन्छ बर्षौपिछे छुटिएर भेटिएको पाहुना जस्तो!
त्यसपछि सुरु हुन्छ शब्दको बर्षा ः
मुखले बोलेको कुरा भरखर छु मन्तर छु भनेर पुरा हुने जस्तो,
यो गर्छु त्यो गर्छु म यो बनाउछु त्यो बनाउछु,
साच्चि सुरुमा त म त्यो बाटो बनाउछु, त्यो खाल्डु पुर्छु हुन्छ
रोजगारि दिलाउछु सुखि नेपालि समरिद्दि नेपालि बनाउछु
सब्दले यसरि पगाल्छन कि यसरि नौनि पग्लन पनि समय लाग्छ हावालाइ उडिरहेको चरालाइ समात्ने जसरि
हुनत, बोलि त हो सित्मैमा बोल्दा जे बोल्दिए पनि हुन्छ
जाबो बोल्नलाइ त न ट्युसन पढ्नु पर्छ न थप कक्षा नै।
तर समस्या बाचा गर्नुको होइन गरेको बाचा बिर्सनु हो नि त ..
जनताले किन सजिलै बिश्वास गरेको होला ?
विश्वास गर्न त सजिलो हुन्छ तर बिश्वाश दिलाउन धेरै नै गार्हो हुन्छ। आफ्नो दैनिक जिबनमा ब्यस्त र संघर्ष भइरहेको मानिस कोहि आएर परिवर्तनको बाचा गरिदिन्छ,क्षणभरकै लागि पनि मन हलुका भइदिन्छ। साच्चै नै देश चलाउन हिडेको मान्छे ले स्वयम आश्वाशन दिदा हुन पनि सक्छ भनेर बिश्वास गर्न बाध्य हुनु स्वभाबिक पनि त हो।बिगतलाइ नबिर्सि भबिष्य सबैले नै सोचेके हुन्छ। बिगतले गर्दा जब समस्यामा दौडिरहेको जनताले जब समाधानको चित्र सुन्छ बिश्वास आफै पलाउछ। अरु पनि त बिकल्प केहि हुदैन। यो भन्दा राम्रो या पहिलेको भन्दा राम्रो पनि हुन सक्छ भनेर जनताको बिश्वास अडिएको हुन्छ।
केहि कामहरु बास्तबमै पुरा भएको उदाहरण
कामहरु कुनै उपकार होइन, यो त राज्यको वा स्थानिय सरकारको आधारभुत आवश्यक्ता र जिम्मेवारि हो।
जनताले कमाएको मासिक तलबबाट कर तिर्छन, नितिनियम पालना गर्छन,तेसैले देशको बिकाश, सेवा,सुबिधा,सुरक्षाको ब्यवस्था गर्नु सरकारको हो चुनाबि उपहार होइन। तर
बिडम्बना के भैदिन्छ भने जुन काम हुनु पर्ने हो त्यो नभइ भाषणमा सिमित भइदिदा सामान्य परिवर्तन पनि असामान्य परिवर्तन जस्तो दिखिन्छ, अनि तेहि आधारभुत आवश्यक्ता पनि बर्षौदेखि अपुरो रहिरहदा बास्तब्मै कामहरुको उदाहरण कमै मात्रामा देखिदा अलमलमा परिन्छ जस्तो देखिन्छ।
निति र बजेटको भुमिका
जनतालाइ भाषण बाचाले मात्र नपुगि निति र बजेटको स्पस्टता पनि देखाउन जरुरि हुन्छ।
कुन क्षेत्रलाइ कति बजेट, कति र कसरि खर्च गर्ने , शिक्षा, स्वास्थ्यमा, रोजगारिमा कति लगानि गर्ने , कसरि निगरानि गर्ने भनेर पनि जनतालै थाहा पाउनु पनि बास्तबमै बिकासको आधार हो। निति भनेको दिशा हो। देश कुन बाटोमा हिड्ने कसरि हिड्ने भने प्राथमिक्ता दिनु पनि निति हो। यदि निति नै स्पस्ट छैन भने देश कुमार्ग तर्फ लैजान्छ। सहि ठाउमा कार्यनबयन भएन भने त्यो कागजमै मात्र सिमित हुनेछ। कतिपय ठाउमा बजेट छुट्याइन्छ तर अन्तयमा पार्दशिता र कार्यन्बयनको कमजोरि देखिन जान्छ। त्सैले निति र बजेट पनि आवश्यक पर्छ।
जनताको भ्रम पक्ष के होला त
एउटा माकुराको जाल पनि नबिगारेको जनताले आफ्नो भबिष्य बिगार्नु परेको छ। नमिठो अनिभुतिको बोझ बोकिरहनि परेको छ। सिंगो देशले अंगालेको हुन्छ तेसैमा कैयो भर्म देखाएर देश हाक्ने झुटो कदम चालिन्छ। जति नै नारा लगाएपनि संबिधानका धारा भने उस्तै देखिन्छन। नियम,संरचना र प्रणालि नहुदा सम्म शब्दले यथार्थ फेरिदैन। अपेक्षा गरेको परिणाम उस्तै रहन्छ अनि तेहिबाट भ्रम पैदा हुन्छ प्रशनहरु दोहोरिन थाल्छन।
जनताले कस्तो सोच राख्नु पर्छ
सोच भनेको जहिले पनि सकरात्मक हुनु पर्छ झनै चुनाबि माहोलमा त दिर्धकालिन हुनु पर्छ। उम्मेदवारको पृष्टभुमि , बिगतका काम अनि योजना हेरेर निणय गर्नु पर्छ। कसरि गर्ने, कति समय सम्म गर्ने कहिले गर्ने जस्ता प्रशनले पनि लाकतान्त्रिक बिकास गर्छ। किनकि नेता छान्ने भन्दा नि आफ्नो भबिष्य छान्ने जिम्मेवारि हो। जनताको बिवेक चेतना प्रयोग हुनु राम्रो जस्तो नि लाग्छ।
सचेत सोच र सचेत मदतान किन जरुरि छ त
लोकतन्त्र बलियो बनाउन सचेत मतदान महत्वपुर्ण हुन्छ। एकदिनको मतदानले पाच बर्षको दिशा तय गर्ने हो। भावनामा बहकिएर वा तत्कालिन लाभको लागि मत गर्यो भने त्यसको असर दिर्घकालिन सम्म रहिरहन्छ। अनि फलानोले केहि गरेन सबै गर्छु भनेर हामिबाट भोट लिगे अन्तमा हात्ति आयो हात्ति आयो फुस्सा मात्रै हुन्छ। यति भएपछि आफैसंग पछुताउनि बाहेक केहि बिकल्प हुदैन। सचेत मतदाताको भविष्य सुनिचित हुनु नै ठुलो शक्ति हो। मत केवल कागजको चिहन होइन भोलिको देशको रेखाचित्र हो।
कमेन्ट गर्नुहोस्