लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा कस्ता उम्मेदवारले मार्लान् बाजी?

IMG

आगामी निर्वाचन नजिकिँदै जाँदा रुपन्देही जिल्ला मा राजनीतिक सरगर्मी बढ्दो छ। प्रमुख दलदेखि नयाँ शक्तिसम्म चुनावी मैदानमा होमिएका छन्। यस्तो अवस्थामा मतदाताले कस्ता उम्मेदवार रोज्लान् भन्ने चासो बढेको छ।राजनीतिक विश्लेषकहरूका अनुसार रुपन्देहीमा संगठित पार्टी संरचना भएका दलका उम्मेदवारलाई प्रारम्भिक लाभ देखिन्छ। नेकपा एमाले, नेपाली कांग्रेस र रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उठेका व्यक्तिहरुले समेत राम्रो मत ल्याएको ईतिहास छ। केहि दलको जिल्ला तहसम्म बलियो संगठन रहेको छ। अघिल्ला निर्वाचनमा यी दलका उम्मेदवारले उल्लेख्य मत प्राप्त गरेका थिए।


तर यसपटक नयाँ शक्ति पनि प्रतिस्पर्धामा सक्रिय देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ले युवा तथा वैकल्पिक राजनीति खोज्ने मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ। विशेषगरी शहरी क्षेत्रमा परिवर्तनको मुद्दा उठाउने उम्मेदवारप्रति युवाको झुकाव देखिन्छ।स्थानीय बासिन्दाका अनुसार विकास, रोजगारी, कृषि र पूर्वाधार मुख्य चुनावी एजेन्डा बन्ने सम्भावना छ।


“हामीलाई भाषणभन्दा काम गर्ने नेता चाहिन्छ,” बुटवलका एक मतदाताले बताए।विश्लेषकहरू भन्छन्—स्थानीय रूपमा सक्रिय, सामाजिक काममा संलग्न र समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेका उम्मेदवारले बढी समर्थन पाउन सक्छन्। जातीय तथा सामुदायिक समीकरण पनि निर्णायक बन्न सक्ने आकलन गरिएको छ।रुपन्देहीको चुनावी नतिजा केवल पार्टीको प्रभावले मात्र नभई उम्मेदवारको व्यक्तिगत छवि, विश्वासनीयता र मतदाता समक्ष प्रस्तुत योजनाले निर्धारण गर्ने देखिन्छ। अन्तिम निर्णय भने मतदाताकै हातमा रहनेछ।

कमेन्ट गर्नुहोस्