
रुपन्देही ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–१ का उम्मेदवार सुनिल लम्सालले खुल्ला सिमाना र बोर्डर क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सीमावर्ती क्षेत्रमा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्दै लम्सालले खुल्ला सिमानाका कारण हुने अवैध ओसारपसार, मानव तस्करी, सुरक्षाजन्य चुनौती तथा किसान–व्यवसायीले भोगिरहेका झन्झटलाई नजिकबाट बुझेको बताए। “बोर्डरको समस्या केवल सुरक्षाको विषय मात्र होइन, यो आर्थिक, सामाजिक र राष्ट्रिय हितसँग जोडिएको सवाल हो,” उनले भने, “निर्वाचित भएमा सम्बन्धित निकायसँग समन्वय गरेर दीर्घकालीन समाधानतर्फ अघि बढ्छु।”
उनले सीमाक्षेत्रमा व्यवस्थित चेकपोस्ट, प्रविधिमैत्री निगरानी प्रणाली र स्थानीय जनप्रतिनिधिसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, सीमावर्ती बासिन्दाको रोजगारी र व्यवसाय संरक्षणका लागि विशेष नीति ल्याउने प्रतिवद्धता जनाए।स्थानीयले भने खुल्ला सिमानाका कारण दैनिक जीवनमा विभिन्न समस्या झेल्नु परेको गुनासो गरेका थिए। उम्मेदवार लम्सालले जनताका सुझावलाई आफ्नो घोषणापत्रमा समेट्ने आश्वासन दिएका छन्।
कमेन्ट गर्नुहोस्