
कुञ्जलापुर। तिलोत्तमा नगरपालिका मा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन १७ जना स्वयंसेवक परिचालन गरिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै मतदातालाई सचेत र जिम्मेवार बनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो।
नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खुमलाल भुसालका अनुसार मतदाता स्वयंसेवकहरूलाई मतदाता नामावली, मतदान प्रक्रिया, मत संकेत गर्ने तरिका तथा मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण प्रदान गरिएको छ। उनीहरूले घरदैलो कार्यक्रम, सामुदायिक अन्तरक्रिया तथा सूचना सामग्री वितरणमार्फत जनचेतना फैलाउनेछन्।
सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन मतदाता शिक्षाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबै नागरिकलाई सचेत र सक्रिय रूपमा निर्वाचनमा सहभागी हुन आग्रह गरे।सो अवसरमा आफ्नो सुझाव राख्दै सहज ढंगले मतदातालाई सरल शिक्षा दिन र बदर मत घटाउन यस अभियानले विशेषगरी पहिलोपटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायलाई लक्षित गरी सहज बनाउने बिश्वास ब्यक्त गर्नुभयो। नगरपालिकाले १७ वटा वडामा १/१ जनाको दरले मतदाता शिक्षालाई फागुन १८ गतेसम्म निरन्तर अभियानका रूपमा अघि बढाउने प्रशासन अधिकृत सिता घिमीरेले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्