लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रथम भैरव कप शुरु, विजयी शुरुवातका साथ समपुर्ण अन्तिम चारमा

IMG

नयाँगाउँ  ।भैरव युवा क्लब, सिद्धार्थनगर–१, नयाँगाउँ, रुपन्देहीको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगितामा समपुर्ण युवा क्लब, सुपौलीले विजयी शुरुवात गरेको छ ।सिद्धार्थनगर–१ स्थित पक्लिहवा माविको खेलमैदानमा भएको उद्घाटन खेलमा समपुर्णले आयोजकले भैरव युवा क्लबलाई टाईब्रेकरमा हराउँदै विजयी शुरुवात गरेको हो । 


त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ समपुर्णका लागि कप्तान दिनेश गुरुङले गोल गरे भने पराजित भैरवका लागि सरुन थापाले गोल गरेका थिए । टाईब्रेकरमा भने समपुर्ण ४–१ ले विजयी बन्यो ।खेलमा समपुर्णका गोलरक्षक सरोज पुन म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै समपुर्ण सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर २१ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र अञ्चलपुर युवा क्लब, अञ्चलपुरबीच हुने खेल संयोजक तेजेन्द्र (शक्ति) गुरुङले जानकारी दिए ।


त्यसअघि प्रतियोगिताको उद्घाटन सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष उज्ज्वल पोखरेल, आयोजक भैरव युवा क्लबका अध्यक्ष यम बहादुर थापा लगायतले संयुक्त रुपमा गरेका थिए ।आउँदो मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरी कुल आठ टोलीहरु सहभागि रहेको खेल संयोजक तेजेन्द्र्र गुरुङले बताए ।

#𝑺𝑷𝑶𝑹𝑻𝑺

कमेन्ट गर्नुहोस्