
कुन्जलापूर। आयोजक झरना स्पोर्ट्स क्लबलाई हराउदै चरंगे एफसी रूपन्देहीको तिलोत्तमामा जारी ३८औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।बिहिबार भएको प्रतिश्प्रधात्मक रोमाञ्चक खेलमा झरना स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै चरंगे एफसी फाइनलको यात्रा तय गरेको हो।चरंगे एफसीको जितमा सुमन लिम्बु र कृष्ण आलेले १-१ गोल गरे।
पहिलो हाफसम्म गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको ७५ मिनटमा कृष्ण आलेले डिबक्स भन्दा बाहिरबाट हानेको प्रहार सिधै गोल पोस्टमा जाली चुमाएपछि क्लबलाई अग्रता दिलाएका थिए भने त्यस लगत्तै थप मिनटमा सुमन लिम्बुले दोस्रो गोल थपे।उता पराजित झरना स्पोर्ट्स क्लबले खेलमा निकै प्रयास गरेपनी गोलमा परिणत हुन सकेन। खेलमा उत्कृष्ट प्रदर्शन गरेका दिपेश गुरुङ 'म्यान अफ द म्याच' घोषित भए।झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । प्रतियोगिता अन्तरगत शुक्रबार गोर्खा ब्वाईज र योङ्ग्स्टार मडाहा बीच अन्तिम सेमिफाइनल खेल हुनेछ।
कमेन्ट गर्नुहोस्