लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा नगर बाल संजाल स्तरिय वाद विवाद प्रतियोगिता सम्पन्न

IMG

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाको आयोजनामा बाल समूह संजाल स्तरिय वाद विवाद प्रतियोगिता सम्पन्न भएको छ । सोमबार आयोजित प्रतियोगितामा नगर भित्रका १७ वटा बाल संजालका बालबालिकाको सहभागिता रहेको थियो । आधुनिक प्रविधि  ए आइ राेबाेटिक्सले रोजगारी सृजना कि नष्ट विषयक प्रतियोगितामा वडा न.-३ वडा बाल संजालका सुबोध ज्ञवाली प्रथम भए। उनले पुरस्कार स्वरुप ५, ००० र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै वडा न.-१६ वडा बाल संजालकी प्रतिभा न्यौपाने द्वितीय भइ ४, ००० र प्रमाणपत्र प्राप्त गर्न सफल भइन ।


प्रतियोगितामा वडा न.-९ वडा बाल संजालकी बिनिशा बगाले तृतीय हुन सफल भएकी थिइन  । उनले नगद ३,००० र प्रमाणपत्र प्राप्त गरिन भने वडा न.१४ कि बिमिला लोध र वडा न.-१ का सत्यम खरेलले सान्त्वना  स्थान हासिल  गर्दै १,००० र प्रमाणपत्र प्राप्त गरेको तिलोत्तमा नगरपालिका नगर बालमैत्री समन्वय कर्ता शारदा घिमिरे ले जानकारी दिइन । उनका अनुसार २०८२/८३ को बजेट अन्तर्गत बालबालिकाको प्रतिभा प्रष्फुटन कार्यक्रम शिर्षकमा प्रतियोगिता गरिएको हो ।सो कार्यक्रम मा पुरस्कार वितरण  गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण  खाणले बालबालिका भनेका भविष्यका कर्णदार भएको र बाल संजाल  मार्फत अगाडि  बढीरहेका बालबालिकाले सामाजिक रूपमा आफुहरुलाइ परिष्कृत गर्न सक्ने बताए । त्यस्तै उनले नगर बाल संजालले गरेका कार्यक्रम ले बालबालिकालाई उनीहरुको व्यक्तित्व  तथा नेतृत्व  बिकासमा टेवा पुग्ने जनाए ।


सो अवसरमा बोल्दै कार्यपालिका सदस्य सुरेन्द्र श्रीले आजका बालबालिका फुल भएको र उनीहरुले प्रविधी बिकास संगै आजका बालबालिका अघि बढे प्रगति गर्न सक्ने बताए ।नगर बाल संजालका अध्यक्ष  विवेक खड्काको अध्यक्षतामा भएकी कार्यक्रममा बाल संजालकी उपाध्यक्ष महिमा खनालले स्वागत गरेकी थिइन भने कार्यक्रमको संचालन नगर बाल सचिब मिराज अर्यालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्