लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सियारीको श्री पन्चाङ्ग देवी मन्दिर १०८ शिव लिङ्ग तथा शिवजीको मुर्ती प्राणप्रतिष्ठा

IMG

सियारी। ओमसतियाको लखनचोक देखि पश्चिम सियारी-१ सिद्धपोखरीमा रहेको श्री पन्चाङ्ग देवी मन्दिर संरक्षण समाजको आयोजनामा १०८ शिव लिङ्ग तथा शिवजीको मुर्ती प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको छ । पुरानो तथा धार्मिक र ऐतिहासिक पन्चाङ्ग देवी मन्दिर संरक्षण समाजमा रहेको पोखरीमा निर्माण गरिएको १०८ शिव लिङ्ग र महादेव शंकर भगवानको प्रतिमाको विधिवत् प्राणप्रतिष्ठा गरेसँगै नयाँ मन्दिर सर्वसाधारणका लागि पूजाआराधना गर्न खुल्ला गरिएको हो।१०८ शिव लिङ्ग तथा शिवजीको मुर्ती प्राण प्रतिष्ठा कार्यक्रम आदरणिय गणपति चन्द्रमणि पौडेलको करकमलबाट मन्दिर समिति र सर्वसाधारणको उपस्थितिमा गरिएको थियो। 


देवी मन्दिरको साथमा शिवको महिमा भएकोले सो मन्दिर स्थापना गरि प्राणप्रतिष्ठा गरिएको कार्यक्रमका अध्यक्ष तथा कार्यक्रम संयोजक पर्शुराम ढकालले बताए। १०८ शिव लिङ्ग तथा शिवजीको मुर्ती प्राण प्रतिष्ठा गरि वैदिक विधिपूर्वक मंगलधुन, शंख ध्वनी, भजन कृतन,पुजाआजा सहित शुरुवात गरिएको गरिएको थियो।


 मुर्ती प्राण प्रतिष्ठा कार्यक्रममा  आउनुभएका भक्तजन महानुभावलाई स्वागत समितिका सदस्य धनराज शर्माले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि चन्द्रमणि पौडेल, समाजसेवी तथा मन्दिर जग्गादाता रूपकिशोर लाकोल सहित सरोकारवाला आमा समूहका प्रतिनिधी, मन्दिर समितिका पदाधिकारी तथा सदस्य र स्थानियहरुको सहभागिता रहेको थियो। मन्दिरमा आज लाखबत्ती रुद्री चण्डी र साँझदेखि अखण्ड भजन कृतन हुने मन्दिर समितिले जनाएको छ। औपचारिक कार्यक्रमको संचालन प्रेम कुमार क्षेत्री कृष्ण पन्थी र मन्दिरका सदस्य लता गौतम नेपालले गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्