
ठुटीपीपल। ओमसतिया गाउँपालिका रुपन्देहीको आयोजना र रुरल एण्ड डेभलप्मेन्ट कन्सल्टेन्सी सर्भिसको प्राविधिक सहयोगमा महिलाहरूका लागि १५ दिने वाद्यवादन तालिम ठुटीपीपलमा शुरू भएको छ । कार्यक्रममा ओमसातिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले परम्परागत कला संस्कृतीको पहिचानलाई जगेर्ना गर्नको लागि यस्ता तालिम आवश्यक पर्ने बताउनु भयो । बाजा बजाउन महिलाहरुले पनि सक्छन र सिप सिकेर आयआर्जन गर्छन भन्ने अभिप्रायले उपाध्यक्ष चौधरीले सिकेका सिप व्यवहरमा उतार्ने र आयआर्जनको लागि पनि सीपलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ओमसतिया वडा नम्बर-१ की सदस्य गंगा थापा , वडा नम्बर-३ की वडा सदस्य बसन्ती छन्तेल पुन,पत्रकार सरु राना लगायतले बोल्नु भएको थियो ।कार्यक्रम ओमसतिया गाउँपालिकाका उपाध्यक्ष्य सुनिता चौधरीको अध्यक्षता, लुम्विनी विकास मञ्चका अध्यक्ष सन्दीप कुमार गुप्ताको स्वागत,रुरल एण्ड डेभलमेन्ट कन्सल्टेन्सी सर्भिसको संचालक रमणी डुम्रेले संचालन गर्नुभएको थियो । वाद्यवादनका लागि लोक बहादुर मिजारले सहजीकरण गर्ने तालीममा ओमसतिया-१ का ४९ जना महिलाहरुको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्