लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कन्चनका २४८ जना कृषकलाई ५० प्रतिशत अनुदानमा स्प्रेयर मेसिन बितरण

IMG

कन्चन। रुपन्देहीको कन्चन गाउपालिकाले एक पछि अर्को जनतामुखी कार्यक्रमलाई अगाडी बढाएको छ। स्थानिय पालिकामा कृषि पेशामा आधारित कृषकहरुलाई मागको आधारमा विभिन्न अनुदानका कार्यक्रम गर्ने क्रममा हालै स्प्रेयर मेसिन बितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले बताउनुभयो। 


गाउँपालिकाले आबेदन खुलाएको सुचनामा आधारित रही मागको आधारमा कृषकले दिएको निबेदन पछि गाउँपालिकाको छनौट समितिबाट अनुगमन गई सो आधारमा कृषकलाई कृषि औजार बितरण गरिएको हो।कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कृषकको उन्नति र कृषि पेशालाई थप आधुनिकीकरण गराउन कृषि औजार बितरण गरिएको बताउनुभयो। सो अवसरमा बोल्दै  गाउँपालिकाका उपाध्यक्ष मौसमी थापाले कृषि कर्मलाई निरन्तरता दिन र कृषकको मागमा आधारित औजारलाई सहि सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ। 


१ सय २० वटा इलेक्ट्रिक र १ सय २८ वटा सादा स्प्रेयर मेसिन गरि जम्मा १ सय ४८ वटा बितरण गरिएको कार्यक्रम आर्थिक विकास समितिका संयोजक केशर बहादुर खत्रीको अध्यक्ष्यता तथा गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा संचालन भएको थियो। उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष्य मौशमी थापा  तथा प्रमुख प्रशासकिय अधिकृत माधव प्रसाद पोख्रेल लगायत कृषक र सरोकारवालाको उपस्थिति रहेको थियो। कृषि विकास  शाखा  प्रमुख मगरे पाल गडरियाले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहायक  कृषि अर्थ अधिकृत राम प्रसाद अधिकारीले स्प्रे प्रयोग विधिवारे प्रकाश पार्नुभएको थियो । स्प्रे लिन आउनु भएका कृषकहरुलाई भोली पनि नियमित वितरण गरिने जानकारी कृषि प्राविधिक राम कृष्ण जैसीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्