
तिलोत्तमा। जिल्ला प्रहरी कार्यालय र बालबालिका खोज तलास प्रदेश समन्वय केन्द्र १०४ को पहलमा अन्दाजी ८ वर्षदेखि १४ वर्ष उमेरका १९ जना बालकहरुलाई नेपाल भारत बोर्डर बेलहियाबाट उद्धार गरिएको छ। भारतको स्यार घ्याम्पें युनिभर्सिटीमा पढाउन लैजाने भन्दै हिडेका १९ बालकहरुलाई सोधपुछको क्रममा शंका लागेपछि उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको अनुमति बिना त्यसरी बालबालिकालाई लगिएको भन्दै राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोज तलास प्रदेश समन्वय केन्द्र १०४, जिल्ला प्रहरी कार्यालय रूपन्देही, शुभ अवसर ग्राम नेपाल भैरहवा, भारतीय प्रहरी एसएसबी, किन इन्डियाको सहकार्यमा उद्धारकार्य भएको हो। उद्धार गरेका बालकहरुलाई हाल अस्थायी संरक्षण गृहमा राखिएको छ ।बालकहरुलाई किन यसरि लगियो भनें बिषयमा प्रहरीले सोधपुछ र अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देही बताएको छ।
तस्बीर : सांकेतिक फाइल
कमेन्ट गर्नुहोस्