लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा नम्बर-१५ द्वारा गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण

IMG

तिलोत्तमा,माघ ४ गते २०८१। तिलोत्तमा नगरपालिका–१५ का सामुदायिक विद्यालयका १९ जना विद्यार्थीहरुलाई सिलिङ्ग बजेट मार्फत जनही १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ। वडाका पशुपति मावि र मधवलिया माविका १९ जना जेहेन्दार तथा गरिव बालबालिकाहरुलाई उनीहरुको अभिभावकको उपस्थितिमा १ लाख ९० हजार छात्रवृत्ति बितरण गरिएको वडा अध्यक्ष खेमराज गुरुङले बताउनुभयो। हरेक बर्षजस्तै यसबर्ष पनि वडा भित्र रहेका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको वडा अध्यक्ष गुरुङको भनाई छ।आगामी दिनमा सरकारी विद्यालयको पूर्वाधार विकासमा क्रियाशील रहने प्रतिवद्धता छात्रवृत्ति वितरण कार्यक्रममा वडा अध्यक्ष गुरुङले व्यक्त गर्नुभयो।


वडा सचिव मान बहादुर खातीका अनुसार सरकारी विद्यालयमा अध्ययनरत विपन्न, गरीब, असहाय र टुहुरा विद्यार्थीलाई वितरण गर्ने योजनाअनुसार दुई विद्यालयलाई बाँडिएको जानकारी दिए। पशुपति माविका प्रधानाध्यापक बेद नारायाण भट्टराई, मधवलिया टोल बिकास संस्थाका बिष्णु प्रसाद चुंदाली लगयातले बोल्दै वडाको सर्हानिय कामले शिक्षाको क्षेत्रमा थप उत्प्रेरणा मिलेको बताउनुभयो। सो अवसरमा बोल्दै वडा सदस्य क्षितिजा पौडेलले वडाले समग्र सामुदायिक बिद्यालयका गरिव जेहेन्दार बिद्यार्थी छनौट गरेर अहिले १९ जनालाई सो रकम हस्तान्तरण गरिएको बताउनुभयो।


त्यस्तै वडा सदस्य कल्पना भण्डारीले वडामा रहेका गरिव बिपन्न बिद्यार्थिलैई पढाइमा कुनै पनि समस्या नहोस भन्नका लागि वडाले यो पहल गरेको बताउनुभयो। सो अवसरमा वडा सदस्य सोहरत प्रसाद चौधरी, टोल बिकासका प्रतिनिधी , बिद्यालयका प्रतिनिधि, अभिभावक लागयाताको उपस्थिति रहेको थियो। वडाको सो छात्रवृत्ति वितरणबाट विद्यार्थीसंगै अभिभावकहरु पनि खुशी भएका छन्।कार्यक्रमको संचालन वडा सचिव मान बहादुर खातीले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्